
Usb
Ksb
Ssb
Rks
Gsb
Rsb
Csb
Tgp
Ssb
Ksb
jsb
Bsn
Ppu
Ksb
Fmb
Nsb
दाङ । गुरुकुल एकेडेमी घोराहीको प्रधानाध्यापकमा प्रदीपराज भण्डारी नियुक्त भएका छन् । पूर्व प्रधानाध्यापक डा.कृष्णराज डिसिको तीन वर्षे कार्यकाल कार्तिक २८ गते सम्पन्न भएपछि संस्थाले नयाँ नेतृत्वका रुपमा भण्डारीलाई जिम्मेवारी दिएको हो । दिपशिखा बोर्डिङ स्कुलमा प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आएका भण्डारी शैक्षिक योजना,व्यवस्थापन र गुणस्तर सुधारका लागि सक्रिय व्यक्तित्वका रुपमा चिनिन्छन् । भण्डारीले २०६५ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आइतबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि आदर्श नमूना माध्यमिक विद्यालयले जितेको छ। गाउँपालिकाको वडा नम्बर ४,स्थित श्री माध्यमिक विद्यालय मौरीघाटको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी ३५ विद्यालयमध्ये वडा नम्बर २, ,लालमटियास्थित आदर्श नमूना माध्यमिक विद्यालय विजयी बनेको हो। विद्यालयले ८ स्वर्ण, ५ रजत र ७ कास्यसहित कुल २० […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४,मौरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय मौरीघाटको आयोजना तथा राप्ती गाउँपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयोजक प्रकाश विष्टको अध्यक्षता सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आगामी कार्तिक २८ गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए । प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नं. ४ मा रहेको माध्यमिक विद्यालय […]
दाङ । तुलसीपुर स्थित ज्ञान ज्योति फाउन्डेसनले आफ्नो एमबिए कार्यक्रमको पहिलो ब्याचमै उल्लेखनीय सफलता हात पारेको छ । पहिलो वर्षमै विद्यार्थीहरुले ल्याएको उत्कृष्ट नतिजाले संस्थाको शैक्षिक प्रतिष्ठा झनै माथि उकासेको छ । मंगलबार सार्वजनिक गरिएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योतिकी छात्रा वर्षा केसीले ३.६७ जीपीए प्राप्त गर्दै अव्वल स्थान हासिल गरेकी छन् । सो […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर –७, भौवास्थित शिवशक्ति माध्यमिक विद्यालयमा अध्ययनरत सृष्टि खत्रीलाई “तुलसीराम नेपाली जेहेन्दार छात्रवृत्ति” प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक लीलाधर विकका अनुसार सृष्टिले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गरेकी थिइन् । उनलाई प्रोत्साहनस्वरुप नगद ७ हजार रुपैयाँसहितको छात्रवृत्ति प्रदान गरिएको हो । स्वर्गीय तुलसीराम नेपालीको सम्झनामा उनका पिता […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २ […]
दाङ । गोरखा ग्रुप दाङद्वारा सञ्चालित दाङको राप्ती गाउँपालिका वडा नम्बर २,लालमटियामा रहेको गोरखा आइडियल स्कुलले शनिवार बालबालिकाहरुले लेखेको गोरखा आइडियलका कथाहरु (भाग २) नामकको पुस्तक विमोचन गरिएको छ । हिन्दुहरुको महान् पर्व बडा दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सँगै स्कुलले सो पुस्तक विमोचन गरिएकोे हो । सो पुस्तकको सम्पादक केशरी अम्गाई,सन्तोषी जिटी,आवरण कला तथा […]
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डाक्टर महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरुले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र […]