
Ksbus
Ggp
Sdc
Ksbus
Msbus
Ggp
Rgp
Lnp
Asbus


दाङ । देउखुरी पब्लिक अङ्ग्रेजी बोर्डिङ स्कुल लमहीका शिक्षकहरुलाई शनिवारका ए.आई (AI)सम्बन्धि तालिम प्रदान गरिएको छ ।
विद्यालयका प्राधानाध्यापक भू-मान्डब केसीको अध्यक्षता तथा प्रमुख प्रशिक्षकका रुपमा रहेका मुकेश्वर शाह तेलिको विशेष उपस्थितिमा सुरु भएको तालिम कार्यक्रममा आधुनिक शिक्षा प्रणालीमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, यसको आवश्यकता तथा शिक्षण सिकाइ प्रक्रियामा यसको प्रभावबारे विस्तृत रुपमा प्रशिक्षण प्रदान गरिएको हो ।
कार्यक्रममा AI प्रविधिले विद्यार्थीको सिकाइ क्षमतालाई अझ प्रभावकारी, सिर्जनात्मक तथा प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विषयमा जानकारी गराइएको थियो ।
प्रमुख प्रशिक्षक मुकेश्वर शाह तेलिले वर्तमान समयमा शिक्षा क्षेत्रमा AI को प्रयोग तीव्र रुपमा बढिरहेको उल्लेख गर्दै शिक्षकहरुले पनि समयअनुसार आधुनिक प्रविधिसँग आफूलाई अभ्यस्त बनाउनुपर्ने बताए । उनले AI को प्रयोगमार्फत पाठ योजनालाई सरल, प्रभावकारी तथा विद्यार्थी केन्द्रित बनाउन सकिने धारणा राखे ।
कार्यक्रमका सभाअध्यक्ष तथा विद्यालयका प्राधानाध्यापक भू-मान्डब के.सी.ले विद्यालयले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री वातावरण निर्माण गर्दै आएको बताए । उनले आधुनिक AI प्रविधिबाट शिक्षक तथा विद्यार्थी दुवैले नयाँ ज्ञान, सीप र अनुभव हासिल गर्न सक्ने धारणा व्यक्त गरे । साथै आगामी दिनमा यस्ता उपयोगी तालिम कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
तालिम कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी शिक्षकहरुले AI प्रविधिबाट शिक्षण कार्यलाई अझ सरल,छिटो तथा प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम अन्त्यमा सहभागीहरुले तालिमलाई अत्यन्त उपयोगी,समयसापेक्ष तथा शिक्षण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने खालको भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कुबेर गिरि गरेका थिए ।
