
Bksbus5
Nssbus7
bpmhl
Ssbus
Gsbus
Ssbus
Bsbus
Lsbus
Jsbus
gms
Ssbus
Ksbus
Gsl
Ksbus
Rsbus
Pbu
dsbus
Ksbus
Csbus

Gst
Sbs
Vor
Tsm
Pvg
Asm
nsb
Ssm
Hal
Bbu
Sls
Rsb
Bbbpu
Rgu
Rgu
Ggd
Rgs
Ksm
Wsp

Gsb
Bml
Jmb
Rpp
Rmb
Pls
Ptm
sab
Jmb
bbt
Mks
Abd
Syp
दाङ । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा प्राविधिक समस्य न भए वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी तीव्र बनाएको जनाएको छ ।
बोर्डले उत्तरपुस्तिका परीक्षण,प्राप्ताङ्क प्रविष्टि, रुजु तथा प्राविधिक परीक्षणको काम अन्तिम चरणमा पुगेको र प्रविधिक समस्य न भए बैशाख २९ गते भित्र नतिजा प्रकासन गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्ड सूचना अधिकारी नरायण पोख्रेलले जानकारी दिए ।
यस वर्ष देशभरका हजारौँ विद्यार्थी सहभागी भएको SEE परीक्षा केही साताअघि सम्पन्न भएको थियो । परीक्षा सम्पन्न भएसँगै विद्यार्थी, अभिभावक तथा विद्यालयहरू नतिजाको प्रतीक्षामा रहेका छन् । यहीँबीच बोर्डले समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।
बोर्डका अनुसार हाल विभिन्न परीक्षा केन्द्रबाट प्राप्त उत्तरपुस्तिकाको परीक्षण लगभग सकिएको छ भने कम्प्युटर प्रणालीमार्फत अंक प्रविष्टि र पुनः परीक्षणको काम पनि तीव्र रुपमा भइरहेको छ । नतिजा प्रकाशनअघि कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले प्राविधिक टोलीले तथ्याङ्क प्रमाणीकरण तथा अन्तिम रुजुको कार्य गरिरहेको बताइएको छ ।
SEE परीक्षा नेपाली शिक्षा प्रणालीको महत्वपूर्ण परीक्षा मानिन्छ । यस नतिजाले विद्यार्थीहरुको आगामी शैक्षिक यात्रा निर्धारण गर्ने भएकाले विद्यार्थी तथा अभिभावकमा उत्सुकता बढेको छ । नतिजापछि विद्यार्थीहरुले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा,मानविकी लगायत विभिन्न विषय छनोट गर्ने अवसर पाउनेछन् ।
त्यस्तै,यस वर्षपनि नतिजा ग्रेडिङ प्रणालीअनुसार प्रकाशित गरिनेछ । विद्यार्थीहरुले प्राप्त गरेको ग्रेडका आधारमा उनीहरुको शैक्षिक स्तर मूल्याङ्कन गरिने बोर्डले जनाएको छ । साथै, कुनै विद्यार्थी नतिजाप्रति असन्तुष्ट भए पुनर्योग तथा ग्रेडवृद्धि परीक्षाको व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ ।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरुले बोर्डको आधिकारिक वेबसाइट,एसएमएस सेवा तथा विभिन्न अनलाइन माध्यमबाट आफ्नो नतिजा हेर्न व्यवस्था मिलाईएको बोर्डको सूचना अधिकारी पोख्रेलले जानकारी दिए ।
