
Rgp
Rgp
Ggp
Ggp
Pbu
Asb
lnp
Jns
Lnp
Rgp
Dus
Dbs
ksb
Usb
Lks
Sgp
Rgp
दाङ । लमहीको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानलाई चलायमान बनाउन खेलकुद मन्त्री बिराज भक्तले चासो व्यक्त गरेका छन् । लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानलाई चलायमान बनाउने विषयमा क्रिकेट प्रेमी तथा लमहीका युवा व्यवसायी सुदीप पान्डेयले नेपाल सरकारका युवा तथा खेल्कुद मन्त्री बिराज भक्तसंग बिहीबार मन्त्रालयमा पुगेर भेटघाट गरेका हुन् ।भेटघाट तथा अन्तरक्रियामा पाण्डेयले देउखुरी […]
दाङ । घोराही मेयर कपको उपाधि १५ नम्बर वडाले हात पारेको छ । साविक विजेता १५ ले यसपटकल पुनः यो प्रतियोगीताको उपाधि हात पारेको हो । शनिबार घोराहीको गुलरिया स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा […]
काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु […]
दाङ । फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल नेपाल फुटसल हुनेछ । आयोजक लेट्स प्ले स्पोर्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमको सहभागिता रहने जानकारी गरायो । प्रतियोगिताका खेलहरु […]
दाङ । घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाइनमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र कुशल केसिको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपको ढोका खोल्न भारतबाटै ओमान जाँदै छ । राज्य स्तरीय क्लबसँग त्रिकोणात्मक टी–२० शृङ्खला खेल्न नेपाली टोली भारत भ्रमणमा गएको हो । ‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको उपाधि पनि नेपालले चुम्यो । त्रिकोणात्मक शृङ्खलामा नेपालका अतिरिक्त भारतका गुजरात र बरोडा क्लब सहभागी थिए । गुजरात […]
काठमाडौँ । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले जितेको छ। आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै नेपालले पहिले ब्याटिङ गर्दै गुजरातसमक्ष १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो । गुजरातका लागि […]
काठमाडौँ । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसन बिच प्रतिस्पर्धा हुँदै छ । त्यस्तै यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा […]
बुटवल । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधि बागलुङका तीर्थ पुनले जितेका छन् । शनिबार लुम्बिनीमा भएको कार्यक्रममा पुनले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले नगद ५ लाख रुपैयाँ, स्वर्ण पदक,ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै,सो […]