
Ssbus
Ssbus
Gsbus
Ksbus
bpmhl
Gms
Gsbus
Lsbus
Gis
Lsbus
Nssbush
Bsbus
Gis
Gss
Gsl
ebg
Ksbus
Ksbus
Ssbus
Pbu

Hal
Wsp
Sbs
Bbbpu
Ssm
Bbu
nsb
Sls
Pvg
Rgs
Ggd
Rsb
Vor
Gst
Ksm
Rgu
Rgu
Asm
Tsm

Rmb
bbt
sab
Gsb
Rpp
Syp
Mks
Jmb
Ptm
Pls
Bml
Abd
Jmb
दाङ । देउखुरी बैंकर्सको आयोजनामा दोस्रो को-अपरेट कर्पोरेट सुपर -सिक्स क्रिकेट खेल बिहिबारदेखि देउखुरी अन्तराष्ट्रिय क्रिकेट स्टेडियम लमहीमा शुरु भएको छ ।
त्यस्तै उक्त खेलमा १३ वटा बैंक र २ वटा स्कुल गरि १५ वटा टिम सहभागी भएका छन । खेल ५ ओभरको हुने आयोजक संस्था देउखुरी बैंकर्सका अध्यक्ष तेज बहादुर नेपालीले जानकारी दिए ।
लिग चरणको पहिलो दिनमा ९ वटा खेल सकिएका छन् । खेल तालिका अनुसार प्रतियोगितामा जम्मा ४५ वटा खेल हुने छन् । पहिलो दिन हिमालयन बैंक ‘बि’ र प्राईम कमर्सियल बैंक बिच भएको खेलमा पाँच विकेटले हिमालयन बैंक पराजित भएको छ । पाँच ओभरमा हिमालयन बैंकले ४२ रन बनाएको थियो भने ४३ रनको लक्ष्य सहित मैदानमा उत्रेको प्राइमले ५ ओभरमा ४३ रन बनाउदै विजयी हाँसिल गरेको थियो ।
त्यसैगरी कृषि विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंक बिच भएको खेलमा कर्णाली विकास बैंक विजयी भएको छ । ५ ओभरमा कृषि विकास बैंकले २७ रन बनाएको थियो भने ५ ओभरमै कर्णाली डेभलपमेन्ट बैंकले २८ रन बनाएको थियो ।
त्यस्तै दीपशिखा बोर्डिङ स्कुल घोराही र नबिल बैंक बीच भएको खेलमा दीपशिखा बोर्डिङ स्कुल घोराही विजयी भएको छ । उस्ले ५ ओभरमा ९२ रन बनाएको थियो भने नविल बैंकले ५ ओभरमा ३२ रन मात्र बनाउन सकेको थियो ।
त्यसैगरी कुमारी बैंक र सनलाइट मोर्डन स्कुल लमही बीच भएको खेलमा कुमारी बैंक विजयी भएको छ । कुमारीले ५ ओभरमा ५१ रनको लक्ष्य दिएको थियो तर लक्ष्य पूरा गर्न नपाउदै ३ विकेटले सनलाइट मोर्डन स्कुल पराजित भएको हो । यस्तै सांग्रीला डेभलपमेन्ट बैंक लि. र नेपाल बैंक लिमिटेड बीच भएको रोमान्चक खेलमा ५ ओभरको सुपर खेलमा सांग्रीला डेभलपमेन्ट बैंक लि. ले १ सय १४ रनको विशाल स्कोर बनाएको थियो । नेपाल बैंक लिमिटेडले ५ ओभरमा ३५ रन मात्र बनाउन सकेको थियो । नेपाल बैंक लिमिटेड सांग्रीला डेभलपमेन्ट बैंक लि. संग ८० रनले पराजित भएको छ ।
त्यस्तै प्राइम कमर्सियल बैंक र सिद्दार्थ बैंक बीच भएको खेलमा प्राइम कमर्सियल बैंक विजयी भएको छ । कर्णाली डेभलपमेन्ट बैंक र हिमालयन बैंक ‘ए’ बीच भएको खेलमा कर्णाली डेभलपमेन्ट बैंक विजयी भएको छ । कर्णाली डेभलपमेन्ट बैंकसंग हिमालयन बैंक ‘ए’ ५ विकेटले पराजित भएको हो ।
त्यसैगरी आज भएको खेलमा नविल बैंक विजयी भएको छ । ५ ओभरमा नविल बैंकले ५५ रनको लक्ष्य पछ्याउदै माछापुच्छ्रे बैंकलाई पराजित गरेको हो, माछापुच्छ्रे बैंकले ५४ रन बनाएको थियो । र आज भएको अन्तिम खेलमा लक्ष्मी सनराइज बैंकलाई सनलाइट मोर्डन स्कुल लमहीले ६ रनले पराजित गरेको सचिव देव खड्काले जानकारी दिए । बाँकी रहेका अन्य खेल पर्सी शनिबार हुने आयोजकले जनाएको छ ।उक्त खेल उद्घाटन कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी (सागर)नेपाल क्रिकेट संघ दाङ जिल्लाका उपाध्यक्ष किशोर कुमार घर्ती लगायतको सहभागिता रहेकोे थियो ।

