
Rsbus
Gsl
Ksbus
ebg
Ssbus
Nssbush
Pbu
Ses
Gsbus
Gms
Gis
Bsbus
Ssbus
Lsbus
Gsbus
Ssbus
Ksbus
Ksbus
Gis
Gss

Pvg
Rgu
Bbu
nsb
Ggd
Rsb
Wsp
Rgs
Ksm
Rgu
Vor
Bbbpu
Sbs
Tsm
Hal
Asm
Gst
Ssm
Sls

sab
Gsb
Abd
Pls
Mks
Jmb
bbt
Syp
Bml
Rmb
Jmb
Ptm
Rpp
दाङ । देउखुरीको लमही स्थित अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा जारी रहेकोको पन्ध्र दिने नि:शुल्क क्रिकेट प्रशिक्षण तालिम सोमबार एक कार्यक्रमका बीचमा सम्पन्न भएको छ ।
लमहीका युवा व्यवसायी सुदीप पाण्डे र किरण खनालको प्रमुख व्यवस्थापनमा सम्पन्न भएको १५ दिने नि:शुल्क प्रशिक्षण खेलमा दाङ,सल्यान,प्यूठान,रोल्पा,दैलेख जिल्लाका गरि ८८ जना प्रशिक्षार्थीलाई निवर्तमान अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी बसन्त रेग्मी र हाल सम्पन्न विश्व कप टी-२० खेल खेलेका अन्तर्राष्ट्रिय खेलाडी अनिल शाहले खेल तालिमको प्रशिक्षण दिएका थिए । उक्त खेलको टेक्निकल सपोर्टमा बिकास भट्टराई रहेका थिए ।
युवा व्यवसायी तथा खेल प्रशिक्षण व्यवस्थापक किरण खनालको अध्यक्षता तथा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि योगीले खेल क्षेत्रमा लागेका युवाहरुलाई अघि बढाउनका लागि युवा व्यवसायीहरुले खेलेको भुमिका प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
त्यस्तै उपप्रमुख योगीले आगामी दिनमा नव खेलाडी युवाहरुलाई नि:शुल्क खेलकुद तालिम सिकाउन आयोजना गरिने कार्यक्रमका लागि लमही नगरपालिकाबाट हुने आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै ५ जिल्लाका युवा खेलाडीहरुलाई थप खेल प्रशिक्षण प्रदान गरि उनिहरुको क्षमतामा अभिवृद्धि गर्नका लागि विश्वकप खेल खेली सकेका दक्ष प्रशिक्षकहरुद्वारा नि:शुल्क खेल प्रशिक्षणको आयोजना गरि प्रशिक्षण प्रदान गरिएको लमहीका युवा व्यवसायी तथा उक्त खेल व्यवस्थापक सुदीप पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार आगामी दिनमा यस खालका खेल कार्यक्रमहरु अझै व्यवस्थित रुपमा आयोजना गरि निरन्तर नव युवा खेलाडीहरुलाई प्रोत्साहन गरि अघि बढाइने सिधा-पत्र डटकमलाई बताए ।
उक्त खेल समापन कार्यक्रममा प्रशिक्षकद्वय रेग्मी र शाहलाई आयोजक टिमले अबिर र खादा ओढाएर भव्य साथ सम्मान गर्दै बिदाई गरेको थियो । समापन कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रकाश सुवेदी (सागर),देउखुरी क्रिकेट क्लबका उपाध्यक्ष प्रकाश जिसी,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिं ठकुरी लगायतको सहभागीता रहेको थियो ।

