
Lsbus
Gss
Gms
bpmhl
Ssbus
Gsbus
Bsbus
Ssbus
Ksbus
Ssbus
Ksbus
Gis
Ses
Ksbus
Gsbus
Nssbush
Lsbus
ebg
Gsl
Gsbus

Bbbpu
Pvg
Ksm
Ggd
Bbu
Rsb
Rgu
Rgs
Ssm
Rgu
Sls
Vor
Gst
Hal
Asm
nsb
Wsp
Sbs
Tsm

Syp
Rpp
sab
Rmb
Pls
Ptm
Jmb
Bml
bbt
Mks
Abd
Gsb
Jmb
दाङ । घोराहीमा प्रथम गोर्खा नगर स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । हाप्किडो खेलको विकाससँगै प्रतिभाको पहिचान र संरक्षण गर्नका लागि प्रथम गोर्खा स्कुल डोजाङ घोराही नगरस्तरीय हाप्किडो प्रतियोगिता हुन थालेको हो ।
आयोजक गोर्खा स्कुल हाप्किडो डोजाङले सोमवार स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । हाप्किडो खेल र खेलाडीलाई निरन्तर चलायनमान बनाउँदै खेलाडीको क्षमता विकास, स्थानीय स्कुलहरुमा कार्यक्रमहरू बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि आउने कार्तिक ३० र मंसिरको १ गते दुई दिन घोराहीमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक तथा गोर्खा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् ।
संयोजक थापाका अनुसार प्रतियोगिता गोर्खा ईन्टरनेशल स्कुल घोराहीमा हुनेछ । प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैमा १६–१६ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसअन्तर्गत २० केजी मुनि, २४ केजी मुनि, २८ केजी मुनि, ३२ केजी मुनि, ३६ केजी मुनि,४० केजी मुनि,४४ केजी मुनि, ४८ केजी मुनि, ५२ केजी मुनि,५६ केजी मुनि, ६० केजी मुनि,६४ केजी मुनि,६८ केजी मुनि, ७२ केजी मुनि, ७६ केजी मुनिर ७७ केजीमाथि तौल समूहमा महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।
त्यस्तै सेल्फ डिफेन्स÷डेमोष्ट्रेसन पनि प्रतिस्पर्धा हुनेछ । विजेता खेलाडीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिने छ । प्रतियोगिताले नगरको नाम उचो बनाउन र खेलकुदको विकासमा सहयोगी बन्ने विश्वास गरिएको संयोजक थापाले बताए । घोराहीमा वृहत रुपमा आयोजना गर्न थालिएको प्रतियोगिताको तयारी सुरु भएको भन्दै कार्यक्रम संयोजक थापाले प्रतियोगितामा घोराही नगर क्षेत्रका ३४ वटा विद्यालयमा रहेका डोजाङबाट खेलाडीको सहभागीता हुनेछ ।
प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियलहरु गरी आठ सय बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटनका अवसरमा घोराहीमा वृहत र्याली समेत आयोजना गरिएको छ । घोराहीको लखन थापा पार्कबाट सुरु भएर बैंक रोड,ट्राफिक चोक हुँदै गोर्खा स्कुल प्रतियोगिता हुने स्थानमा र्याली पुग्ने छ । र्यालीमा तीन हजार बढी खेलाडी तथा प्रशिक्षकहरको सहभागीता हुनेछ ।
