नेपाली काङ्ग्रेसका युवा नेता ओझा र भाजपा नेता जोली बीच भेटघाट

काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा.बिजय जोली र नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझा बीच भेटघाट भएको छ । जोली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत सोमबार नेपाल आउनु भएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र सिंह मोदीका विश्वासपात्र मानिनुहुन्छ । […]

चार महिना उपचार गरेर फर्केपछि वर्षमान पुन संसदीय गतिविधिमा सक्रिय

काठमाडौं । चार महिनासम्म चीनमा उपचार गराएर १ असारमा स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन संसदीय गतिविधिमा सक्रिय भएका छन् । स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका पुन मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी भए । बैठकमा उनले उपचारमा रहँदा आफूप्रति सद्भाव राख्नेहरुलाई धन्यवाद दिए । जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि पुन […]

राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीद्वारा वडा नम्बर ३ मा वडा कमिटी गठन

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीले लमही नगरपालिका वडा नम्बर ३ मा सोमबार वडा कमिटी गठन गरेको छ । जसको वडा सभापतीमा सोमू चौधरी,उपाध्यक्ष रजिना चौधरी, सचिव अर्जुन चौधरी चयन हुनु भएको छ भने सदस्यहरुमा जनक अधिकारी, नरेश चौधरी, देविराम चौधरी, दिनेश चौधरी, मनोज चौधरी, शिवराज परियार, सुदिप परियार, सुमन चौधरी गरि ११ […]

चार दलद्वारा समाजवादी मोर्चा घोषणा

काठमाडौं । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे । समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् । त्यस्तै सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व […]

अखिल क्रान्तिकारीद्वारा ऐरावती क्याम्पसलाई सेनेटरी ब्यान्डिंग मेसिन प्रदान

दाङ । देउखुरीको एक क्याम्पसमा अध्ययन गर्ने छात्राहरूलाई महिनावारी भएको समयमा शिक्षक/ शिक्षिकाहरूसँग प्याड माग्नुपर्ने बाध्यता हटेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छात्राहरूलाई महिनावारी भएको समयमा शिक्षक/ शिक्षिकाहरू सँग प्याड माग्नुपर्ने बाध्यता उनीहरुबाट हटेको हो । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी मुल इकाई समितिले […]

राजपुरका अग्नि पीडित बुढालाई राजमोद्वारा राहत प्रदान

दाङ । राष्ट्रिय जनमोर्चाले अग्नि पीडितलाई राहत प्रदान गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ महातेनी खोलाका आगलागी पीडित टेकबहादुर बुढालाई राहत प्रदान गरिएको हो। शनिबार राजमो दाङ जिल्ला सचिव वसन्तराज पाैडेलको नेतृत्वमा पीडितको घरमै पुगेर राहत प्रदान गरेका हुन्। पीडित टेकबहादुर बुढाको घरमा आगलागी हुँदा घर खरको छानो काठ जलेर नष्ट भएको थियो […]

राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीद्वारा वडा नम्बर ५ मा वडा कमिटी गठन

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीले लमही नगरपालिका वडा नम्बर ५ मा वडा कमिटी गठन गरेको छ । शनिबार नगर कमिटीले दिनेश आचार्य सभापति रहने गरि ११ जनाको वडा कमिटी गठन गरिएको रास्वपा लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो । त्यस्तै उक्त वडा कमिटीको उपसभापतीमा लक्ष्मी बेलवासे,सचिवमा बाबुराम भुसाल रहनु […]

हामी फेरि नयाँ नेकपा बनाउने तयारीमा छाैँ : प्रधानमन्त्री प्रचण्ड

दाङ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फेरि नेकपा बनाउने तयारी भइरहेको बताएका छन् । बुधबार माओवादी जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै दाहालले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी भइरहेको बताए । “समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । […]

एमालेद्वारा गेटा मेडिकल विश्वविद्यालयको विषयलाई लिएर प्रदेशसभा बैठक बहिष्कार

धनगढी। गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने विषयमा मन्त्रिपरिषद् बैठकबाट निर्णय र संकल्प प्रस्ताव पारित गर्न माग गर्दै एमालेले सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार गरेको छ । सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा एमालेले संघीय सरकारले बजेट मार्फत गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएर प्रतिष्ठान बनाउने निर्णय गरेको भन्दै विश्वविद्यालय बनाउनुपर्ने मागसहित प्रदेश सरकारले संकल्प […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]