Sidha Patra मंगलबार, आषाढ ०५, २०८०

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीले लमही नगरपालिका वडा नम्बर ३ मा सोमबार वडा कमिटी गठन गरेको छ ।

जसको वडा सभापतीमा सोमू चौधरी,उपाध्यक्ष रजिना चौधरी, सचिव अर्जुन चौधरी चयन हुनु भएको छ भने सदस्यहरुमा जनक अधिकारी, नरेश चौधरी, देविराम चौधरी, दिनेश चौधरी, मनोज चौधरी, शिवराज परियार, सुदिप परियार, सुमन चौधरी गरि ११ सदस्यिय कमिटी गठन गरी जिम्मेवारी दिईएको लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो ।

त्यस्तै उक्त वडा कमिटी गठन कार्यक्रममा लमही नगर कमिटीका सभापति शिवलाल भण्डारी,टिम आर.ए. टि. लुम्बिनी प्रदेशका संयोजक बिनय धिमिरे,क्षेत्रिय सदस्य मिनराज भण्डारी लगायतको उपस्थिती रहेकोे थियो ।

देश परिवर्तनको अभियान लिएर देश र जनताका सुन्दर भविष्य कोर्न हिडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले लमही नगरपालिका वडा नम्बर ३ को वडा कमिटी गठन तथा पार्टी बिस्तारका कार्य अघि सारिएको नगर सचिव पोख्रेलले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]