Sidha Patra मंगलबार, आषाढ ०५, २०८०

काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा.बिजय जोली र नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझा बीच भेटघाट भएको छ ।

जोली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत सोमबार नेपाल आउनु भएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र सिंह मोदीका विश्वासपात्र मानिनुहुन्छ । डा.जोली नेपाल आइपुगे लगत्तै नेपाली काङ्ग्रेस कञ्चनपुरका युवा नेता एवं विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका ओझा(सुर्य)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुका साथै स्वागत गर्नु भएको थियो ।

नेपाल (भारत सम्बन्ध सुधार गर्न र भाइचारा वृद्धि गर्ने पवित्र उदेश्यले नेपाल आएको डा.जोलीले बताउनु भयो । उहाँले नेपाल भम्रणमा रहदा भगवान पशुपतिनाथको दर्शन गर्ने जानकारी दिनु भयो। जोली ३ दिने नेपाल भम्रण पश्चात स्वदेश फिर्ता हुने उहाँका निजि सचिवले बताउनु भएको छ ।

यसैबीच काङ्ग्रेसका नेता ओझाले परराष्ट्रमन्त्री एनपी साउदलाई समेत भेटेर आरक्षपीडितका समस्या समाधानका लागि सरकार गम्भिर हुनुपर्ने माग अघि सार्नु भएको थियो । त्यस्तै सो अबसरमा परराष्ट्र मन्त्री एनपी साउद,विश्व हिन्दु महासंघ अध्यक्ष तथा पुर्वमन्त्री डा.रामचन्द्र अधिकारी,भाजपाका वरिष्ठ नेता,पुर्व सांसद डाक्टर भिजय जोली,राजदूतहरु बीच परराष्ट्र मन्त्रालयमा मैत्रीपुर्ण भेटघाट भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]