
Djs
Rgp1
Pes
Srbpu
Gfs
cjs
Sgr
Rgp
Lnp
pku
Ggp
Unsku
Pbu
sbs

Sls
Wsp
Gst
Rsb
Ggd
Ksm
Pvg
Vor
Bbu
Tsm
Sbs
Hal
nsb
Ssm
Rgu
Rgs
Rgu
Bbbpu
Asm

Bml
Rmb
Abd
sab
Jmb
Mks
Pls
Jmb
Gsb
Ptm
Rpp
Syp
bbt
दाङ । राष्ट्रिय जनमोर्चाले अग्नि पीडितलाई राहत प्रदान गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ महातेनी खोलाका आगलागी पीडित टेकबहादुर बुढालाई राहत प्रदान गरिएको हो।
शनिबार राजमो दाङ जिल्ला सचिव वसन्तराज पाैडेलको नेतृत्वमा पीडितको घरमै पुगेर राहत प्रदान गरेका हुन्। पीडित टेकबहादुर बुढाको घरमा आगलागी हुँदा घर खरको छानो काठ जलेर नष्ट भएको थियो । राजमो दाङका सचिव पौडेलका अनुसार बुढाको परिवारलाई यस अघि राजपुर गाउँपालिकाले खाद्यान्न लत्ताकपडा लगायतका सामग्री प्रदान गरेको बताउनु भयो ।
आगलागी पीडित बुढाको परिवार आजभोलि गोठमा बस्दै आएका छन् । पीडित बुढाको २ तले घर जलेर नष्ट भएको थियो । आगलागीबाट ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नगद तथा जिन्सी सामान लगायत गहना,अन्नपात तथा लुगाफाटो सहित पुरै जलेको थियो ।
राजमो लमही नगरले पीडितलाई नगद ७ हजार रुपैयाँ,चामल २ बोरा,दाल ४ केजी,चिनी र एक जोड सुट कपडा प्रदान गरेकाे छ । राजमो स्थानीय राजपुरका नेता जसबहादुर घर्तीले एक बोरा चामल , जुना घर्तीले ब्लाङ्केट र अनिल घर्तीले एक बोरा चामल र दाल सहयाेग गर्नु भएको छ भने होटल पौवा भालुबाङले पनि एक बोरा चामल सहयाेग गरेकाे छ ।
राजमो दाङ जिल्ला सचिव वसन्तराज पौडेलको नेतृत्वमा गएको टोलीमा राजमो लमही नगर अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला अध्यक्ष हरिबहादुर थापा,अखिल नेपाल शिक्षक संघ दाङका अध्यक्ष रुमाल प्रसाद बस्याल, राजमो जिल्ला सदस्य ठाकुर भण्डारी राजमो नेता झबिन्द्र प्रसाद आचार्य र विष्णु भुषाल र अखिल (छैठो) दाङ जिल्ला सचिव देनेश रैदास रहनु भएको थियो ।
