Sidha Patra सोमबार, जेठ २९, २०८०

धनगढी। गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने विषयमा मन्त्रिपरिषद् बैठकबाट निर्णय र संकल्प प्रस्ताव पारित गर्न माग गर्दै एमालेले सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार गरेको छ ।

सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा एमालेले संघीय सरकारले बजेट मार्फत गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएर प्रतिष्ठान बनाउने निर्णय गरेको भन्दै विश्वविद्यालय बनाउनुपर्ने मागसहित प्रदेश सरकारले संकल्प प्रस्ताव पारित गर्नुपर्ने माग गर्दै बैठक बहिष्कार गरेको हो ।

रोष्टम घेराउ गर्दै एमालेका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेर बैठकबाट बाहिरिएका थिए । एमालेले संसदमा अवरोध गर्नु अघि मुख्यमन्त्री कमलबहादुर शाहले गेटामा विश्वविद्यालय गर्नुपर्ने आम प्रदेशबासीको मागप्रती सरकार गम्भीर रहेको बताएका थिए ।

यस्तै शाहले गेटालाई चिकित्सा शिक्षाको केद्रका रुपमा विकास गर्नुपर्ने सरकारको पनि धारणा रहेको बताउदै बजेटमा विश्वविद्यालयका रुपमा अघि बढाउने उल्लेख भएपछि अस्पष्ट सिर्जना भएकोप्रती गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । उनले उक्त सम्बन्धमा राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निरन्तर वार्ता सम्बाद भइरहेको र सकारात्मक प्रतिक्रिया आएको जानकारी समेत प्रदेशसभालाई दिएका थिए।

त्यस्तै मुख्यमन्त्रीको धारणाको स्वागत गरेका प्रमुख प्रतिपक्षी दलका सांसदहरु भने संकल्प प्रस्ताव पारित गर्न माग गर्दै प्रदेशसभाबाट बाहिरिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठक स्थगीत गरेका हुन् । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]