
Lnp
Ggp
sbs
Gfs
Sgr
Srbpu
Djs
Pbu
Rgp1
Pes
cjs
pku
Rgp
Unsku

Bbu
Sbs
Asm
Hal
Ssm
Bbbpu
Rsb
Sls
Rgs
Vor
Gst
Pvg
nsb
Ksm
Rgu
Ggd
Wsp
Rgu
Tsm

Gsb
Ptm
bbt
Jmb
Pls
Bml
Mks
sab
Rmb
Abd
Rpp
Jmb
Syp
धनगढी। गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने विषयमा मन्त्रिपरिषद् बैठकबाट निर्णय र संकल्प प्रस्ताव पारित गर्न माग गर्दै एमालेले सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार गरेको छ ।
सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा एमालेले संघीय सरकारले बजेट मार्फत गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएर प्रतिष्ठान बनाउने निर्णय गरेको भन्दै विश्वविद्यालय बनाउनुपर्ने मागसहित प्रदेश सरकारले संकल्प प्रस्ताव पारित गर्नुपर्ने माग गर्दै बैठक बहिष्कार गरेको हो ।
रोष्टम घेराउ गर्दै एमालेका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेर बैठकबाट बाहिरिएका थिए । एमालेले संसदमा अवरोध गर्नु अघि मुख्यमन्त्री कमलबहादुर शाहले गेटामा विश्वविद्यालय गर्नुपर्ने आम प्रदेशबासीको मागप्रती सरकार गम्भीर रहेको बताएका थिए ।
यस्तै शाहले गेटालाई चिकित्सा शिक्षाको केद्रका रुपमा विकास गर्नुपर्ने सरकारको पनि धारणा रहेको बताउदै बजेटमा विश्वविद्यालयका रुपमा अघि बढाउने उल्लेख भएपछि अस्पष्ट सिर्जना भएकोप्रती गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । उनले उक्त सम्बन्धमा राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निरन्तर वार्ता सम्बाद भइरहेको र सकारात्मक प्रतिक्रिया आएको जानकारी समेत प्रदेशसभालाई दिएका थिए।
त्यस्तै मुख्यमन्त्रीको धारणाको स्वागत गरेका प्रमुख प्रतिपक्षी दलका सांसदहरु भने संकल्प प्रस्ताव पारित गर्न माग गर्दै प्रदेशसभाबाट बाहिरिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठक स्थगीत गरेका हुन् । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।
