
Lnp
Unsku
Rgp
Srbpu
Pbu
cjs
Pes
Djs
Sgr
pku
sbs
Gfs
Rgp1
Ggp

Rgu
Bbu
Gst
Ssm
Ggd
Rgu
Hal
Tsm
Rsb
nsb
Rgs
Wsp
Asm
Sbs
Vor
Sls
Bbbpu
Ksm
Pvg

Gsb
Mks
Abd
Bml
Jmb
Ptm
Pls
Jmb
sab
Rmb
bbt
Syp
Rpp
दाङ । देउखुरीको एक क्याम्पसमा अध्ययन गर्ने छात्राहरूलाई महिनावारी भएको समयमा शिक्षक/ शिक्षिकाहरूसँग प्याड माग्नुपर्ने बाध्यता हटेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छात्राहरूलाई महिनावारी भएको समयमा शिक्षक/ शिक्षिकाहरू सँग प्याड माग्नुपर्ने बाध्यता उनीहरुबाट हटेको हो ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी मुल इकाई समितिले सोमबार सो क्याम्पसलाई १ थान सेनेटरी प्याड ब्यान्डिंग मेसिन हस्तान्तरण गरेपछि शिक्षक शिक्षिका सँग प्याड माग्नुपर्ने, घरबाट ल्याउनु पर्ने वा क्याम्पस छोड्नुपर्ने बाध्यताको अन्त्य भएको विद्यार्थी वर्षा केसी बताउँछिन् ।
उनी भन्छिन् क्याम्पसले ब्यान्डिंग मेसिन पाउँदा हामी विद्यार्थीहरूलाई धेरै राहत मिलेको छ । यस अघि क्याम्पसमा सेनेटरी प्याड समेत नहुँदा क्याम्पस छोड्नुपर्ने कि त घरबाट बोकेर जानू पर्थ्यो अब धेरै सहज भएको छ । ‘कहिले काँही हामीलाई सर मेडमहरुसँग पनि प्याड माग्दा अप्ठ्यारो महसुस हुन्थ्यो । अब जतिबेला पनि आफूलाई चाहिएको प्याड सहजरुपमा पाइने भएको छ,’ उनले भनिन् । केसीले आफू जस्तै विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीलाई उक्त मेसिन लाभदायी बनेको बताइन् ।
अखिल क्रान्तिकारी मुल इकाई कमिटीका संयोजक युनिक आचार्य (माधव)को अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको सेनेटरी प्याड ब्यान्डिंग मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सवै विद्यालय तथा क्याम्पसहरूमा सेनेटरी प्याडको व्यवस्था गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् ।त्यस्तै उनले विद्यार्थीहरूले आन्दोलन गर्ने मात्र नभई रचनात्मक काम गर्न सिक्नुपर्ने बताएका छन् ।
त्यस्तै मुल इकाई समितिका सदस्य लक्ष्मी विकको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनाल, क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, अखिल क्रान्तिकारीका पुर्व जिल्ला अध्यक्ष कल्याण अधिकारी, सहायक क्याम्पस प्रमुख तुलसीराम पाैडेल, पत्रकार सन्तोष कुमार गुप्ता, स्वभियु सभापति विष्णा भण्डारी(संगिता), अखिल क्रान्तिकारी जिल्ला सदस्य एवम् रापती गाउँपालिका संयोजक विनोद कुमार सोनी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्वभियु कोषाध्यक्ष टिकाराम राउतले गरेका थिए ।
