पार्टीलाई सफलताको मार्गमा डोहोर्‍याएर मात्र विधिसम्मत ढङ्गले विश्राम लिन्छु:ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरुको सामना गर्दै अगाडि बढ्ने बताएका छन् । आजदेखि शुरु भएको पार्टीको (सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा) सम्बन्धी दुई दिने कार्यशालामा उनले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोहोर्‍याएर मात्र विधिसम्मत ढङ्गले विश्राम […]

भारतमा पुष्प वर्षासहित भाजपा मुख्यालयमा रवि लामिछानेलाई भव्य स्वागत

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको छ । मुख्यालयमा उनलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका छन् । मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता हुनुको साथै अन्य पदाधिकारीसँग पनि […]

जनमोर्चा राप्तीद्वारा भूमिहीन र सुकुम्बासीको बसोबास सुनिश्चित गर्न माग

दाङ । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीले भूमिहीन, सुकुम्बासी,अव्यवस्थित बसोबासी तथा विभिन्न प्रकृतिका जग्गामा बसोबास गर्दै आएका नागरिकहरूको उचित व्यवस्थापन गर्न माग गर्दै राप्ती गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका राप्ती गाउँपालिका अध्यक्ष ठाकुर प्रसाद आचार्यको नेतृत्वको टोलीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सो ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपाल सरकारले जग्गाधनी पुर्जा प्राप्त नगरी विभिन्न […]

निमोनिया संक्रमण भएपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । निमोनिया संक्रमण भएपछि प्रचण्डलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । त्यस्तै,तीन दिनयता उनलाई रुघाखोकी र ज्वरो आएको थियो । ‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई चिकित्सकहरुले अस्पताल भर्ना गरेर […]

केपी ओली,रमेश लेखक र पृथ्वीसुब्बा गुरुङ मानव अधिकार उल्लंघनकर्ता,कारबाहीको सिफारिस

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्न आयाेगकाे सिफारिस

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले फौजदारी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि कारबाही सिफारिस गरेकाे छ । जेन-जी आन्दाेलनबारे छानबिन गर्न आयोगकी सदस्य डा.लिली थापाको संयोजकत्वमा बनेको समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपा सभापति लामिछानेमाथि कारबाही सिफारिस गरिएकाे छ । जेन–जी आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यकमा लामिछानेको संलग्नता रहेको किटान गर्दै […]

लुम्बिनी प्रदेश सभा बैठक जारी

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक जारी छ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची छ । विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गरिरहेका छन् । आजकाे बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि […]

काङ्ग्रेस देउवा समूहको सुदूरपश्चिम स्तरीय भेला सुरु,संस्थापन पक्ष अनुपस्थित

धनगढी । नेपाली काङ्ग्रेसको देउवा समूह निकट सुदूरपश्चिम स्तरीय भेला आज धनगढीमा सुरु भएको छ । प्रदेश समितिको आयोजनामा सुरु भएको भेलामा पूर्व केन्द्रीय सदस्य नारायणप्रकाश साउँद प्रमुख अतिथिका रुपमा सहभागी रहेका छन् भने कार्यक्रमको अध्यक्षता प्रदेश सभापति वीरबहादुर बलायरले गरिरहेका छन् । यस्तै,भेलामा संस्थापन इतर समूहका नेताहरूको बाक्लो उपस्थिति रहे पनि संस्थापन पक्षका कुनै […]

राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति:प्रदेश सभा सदस्य खत्री

दाङ । लुम्बिनी प्रदेश सभा सदस्य रत्नबहादुर खत्री ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डाक्टर मनोज शर्माको नियुक्ति राजनीतिक कनेक्सन र सेटिङका आधारमा भएको दावी गरेका छन् । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनकाे दाेस्राे बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका खत्रीले विगतदेखि नै राजनीतिक पहुँच र सेटिङ मिलाउन सिपालु शर्मा यसपटक पनि राजनीतिक शक्तिकै आडमा प्रधानन्यायाधीश बन्न […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]