लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चाैधरीद्वारा पदभार ग्रहण

दाङ । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ ग्रहण संग पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री चौधरीले बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनसंग सपथ लिएसंगै आजै स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयमा आई पदभार ग्रहण गरेका हुन्। चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त […]

आज उपनिर्वाचनबाट चुनिएका सांसदहरुको शपथ ग्रहण हुँदै

काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथग्रहण गर्दै छन् । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा काङ्ग्रेसका नेता चौधरी नियुक्ति

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । चैत १२ गते समर्थन गरेका दलहरुले […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका हुनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । त्यस्तै पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै साइत […]

बारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव विजयी

बारा । प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव पाँच दलीय गठबन्धनका साझा उम्मेदवारबाट ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र […]

राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका वडा नम्बर ६ र ७ को भेला सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका अन्तर्गत वार्ड नं ६ र ७ को भेला मंगलबार सम्पन्न भएको छ । भेलाले भोजराज खनालको अध्यक्षतामा ३ सदस्यिय पछि थप्ने गरी २१ सदस्यिय वडा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा नारायण पण्डित,कोषाध्यक्ष हर्कमान आचार्य, सचिवमा युवराज आचार्य रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा मात्रिका घिमिरे, हरि खनाल,मोतीकुमारी कुमाल,शिव […]

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने भारी मतान्तरले विजयी

काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले […]

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेको जित सुनिश्चित,३७ हजार बढी मतले अगाडि

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् […]

बारा क्षेत्र नम्बर २ मा उपेन्द्र यादवको अग्रता कायमै

बारा । निर्वाचन क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । आज बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९ हजार ८७० मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ७७१ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]