Sidha Patra आइतबार, माघ ०४, २०८२

काठमाडौँ । नेपाली काँग्रेसको चुनाव चिन्ह र चार तारे झण्डा खोसेर निर्वाचन आयोगले बहुमतको निर्णयबाट अर्को गगन थापाको समूहलाई दिएपछि चुनाव चिह्नबिहिन बनेको संस्थापन पक्षले १ सय ६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउन लागेको छ।

उच्च स्रोतका अनुसार कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरुको बैठकपछि देशभरि स्वतन्त्र उम्मेदवारी दिएर नेपाली काँग्रेसलाई बचाउन प्रयास गर्न लागिएको छ । निर्वाचन आयोगले काँग्रेसको चुनाव चिन्ह रुख र चार तारे झण्डा थापा समूहलाई दिएको छ । काँग्रेसले स्वतन्त्र उम्मेदवारहरु उठाउन टिकट दिएर नेताहरुलाई जिल्ला जिल्लामा पठाउन सुरु गरिसकेको छ ।

नेपाली काँग्रेसको देउवा पक्षसँग चुनाव चिह्न रुख नभएपछि स्वतन्त्र उम्मेदवारी दिएर भएपनि काँग्रेसका मतदाताहरुलाई एकठाउँमा राख्ने प्रयास स्वरुप १ सय ६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउन लागिएको हो ।

त्यस्तै यस अघि २०५१ सालको मध्यावधि निर्वाचनमा पनि नेता महेन्द्रनारायण निधिले देशभरि सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु उठाएका थिए। त्यसपछि मध्यावधि निर्वाचनमा काँग्रेसका आधिकारिक उम्मेदवारहरुको पराजय भएर एमाले पार्टी पहिलो दल बनेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]