
Rbs
gms
Ddhbs
Ratbs
Amb
Pbu
Gsbus
Bksbus5
Gsl
Ssbus
Csbus
Syees
dsbus
Nssbus7
syysr
Jsbus

Gst
Ssm
Wsp
Rgs
Vor
Hal
Rgu
Tsm
Ksm
nsb
Bbu
Sbs
Rsb
Asm
Bbbpu
Ggd
Sls
Rgu
Pvg

Ptm
bbt
Syp
Rpp
Bml
Abd
sab
Mks
Gsb
Jmb
Rmb
Jmb
Pls
काठमाडौँ । नेपाली काँग्रेसको चुनाव चिन्ह र चार तारे झण्डा खोसेर निर्वाचन आयोगले बहुमतको निर्णयबाट अर्को गगन थापाको समूहलाई दिएपछि चुनाव चिह्नबिहिन बनेको संस्थापन पक्षले १ सय ६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउन लागेको छ।
उच्च स्रोतका अनुसार कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरुको बैठकपछि देशभरि स्वतन्त्र उम्मेदवारी दिएर नेपाली काँग्रेसलाई बचाउन प्रयास गर्न लागिएको छ । निर्वाचन आयोगले काँग्रेसको चुनाव चिन्ह रुख र चार तारे झण्डा थापा समूहलाई दिएको छ । काँग्रेसले स्वतन्त्र उम्मेदवारहरु उठाउन टिकट दिएर नेताहरुलाई जिल्ला जिल्लामा पठाउन सुरु गरिसकेको छ ।
नेपाली काँग्रेसको देउवा पक्षसँग चुनाव चिह्न रुख नभएपछि स्वतन्त्र उम्मेदवारी दिएर भएपनि काँग्रेसका मतदाताहरुलाई एकठाउँमा राख्ने प्रयास स्वरुप १ सय ६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउन लागिएको हो ।
त्यस्तै यस अघि २०५१ सालको मध्यावधि निर्वाचनमा पनि नेता महेन्द्रनारायण निधिले देशभरि सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु उठाएका थिए। त्यसपछि मध्यावधि निर्वाचनमा काँग्रेसका आधिकारिक उम्मेदवारहरुको पराजय भएर एमाले पार्टी पहिलो दल बनेको थियो ।
