
Dus
Lnp
Lks
Ggp
Rgp
Sgp
ksb
Usb
Asb
Ggp
Rgp
Rgp
Rgp
lnp
Jns

lms

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख मेयर हर्क साम्पाङले आज पदबाट राजीनामा दिएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।
उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । साम्पाङसंगै आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।
