
Jns
Lnp
Rgp
ksb
lnp
Lks
Ggp
Sgp
Rgp
Ggp
Usb
Rgp
Dus
Asb
Rgp

lms

दाङ । नेपाली कम्युनिस्ट पार्टीबाट दाङका ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिएको छ । जस अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा मेटमणि चौधरी,२ मा निर्मल आचार्य र ३ नम्बरमा धनबहादुर मास्केलाई पार्टीले टिकट दिएको छ ।
युवा उम्मेदवारको रुपमा रहेका तीनै जना राजनीतिक अनुभव सहित कुशल संगठक र पार्टीमा महत्वपूर्ण जिम्मेवारी सम्हालि सकेका नेताहरु हुन् । चौधरी यस अघि १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद र शहरी विकास मन्त्री नै भइसकेको व्यक्ति हुन् भने आचार्य साविक मााअोवादी केन्द्र दाङको इन्चार्जको रुपमा लामो समयदेखि पार्टी,संगठन संन्चालन गरिरहेको व्यक्ति हुन् ।
त्यस्तै २०७० सालमा उनि संविधान सभा सदस्यको रुपमा दाङको साविक ३ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यस्तै मास्के लुम्बिनी प्रदेशको बहालवाला सांसद पदबाट राजीनामा दिएर क्षेत्र नम्बर ३ बाट प्रतिनीधि सभाको लागि उम्मेदवार बनेका छन् । उनि लुम्बिनी प्रदेशको अर्थमन्त्री समेत भइसकेको र जनयुद्धकालमा राजेश नामले प्रसिद्ध जनमुक्ति सेना नेपाल कुशल कमाण्डरको भूमिका निर्वाह गरेका व्यक्ति हुन् ।
