
gms
dsbus
Amb
Jsbus
Ssbus
Gsl
Rbs
Ddhbs
Nssbus7
Csbus
Pbu
Gsbus
Ratbs
Bksbus5

Rsb
Vor
Rgs
Pvg
Bbbpu
Sbs
Ssm
Sls
Ggd
Asm
Bbu
Rgu
Rgu
Hal
nsb
Ksm
Wsp
Gst
Tsm

Bml
Syp
Pls
Mks
Jmb
Jmb
Rpp
Rmb
sab
bbt
Abd
Ptm
Gsb
दाङ । लुम्बिनी प्रदेश सभाको बिहीबार आज दिउँसो १ बजे बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार सभामुखको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक स्थगन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यस्तै,आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा वार्षिक कार्यक्रम (रातो किताब) लाई लिएर सत्ता पक्षकै प्रदेश सभा सदस्यहरू असन्तुष्ट बनेपछि प्रदेश सभामा बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ । बजेट पुनर्लेखनको मागसहित सत्ता पक्ष र प्रतिपक्ष दुवैले विरोध जनाइरहेका बेला प्रदेश सभा बैठक पुनः स्थगित भएको हो ।
सदन सुचारु गराउने बिषयमा दलहरुको विचमा निरन्तर छलफल चलिरहेको छ । बैठक कहिले बस्ने भन्नेबारे सचिवालयले अर्को सूचना मार्फत जानकारी गराउने जनाएको छ ।
