आज उपनिर्वाचनबाट चुनिएका सांसदहरुको शपथ ग्रहण हुँदै

काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथग्रहण गर्दै छन् । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा काङ्ग्रेसका नेता चौधरी नियुक्ति

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । चैत १२ गते समर्थन गरेका दलहरुले […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका हुनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । त्यस्तै पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै साइत […]

बारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव विजयी

बारा । प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव पाँच दलीय गठबन्धनका साझा उम्मेदवारबाट ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र […]

राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका वडा नम्बर ६ र ७ को भेला सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका अन्तर्गत वार्ड नं ६ र ७ को भेला मंगलबार सम्पन्न भएको छ । भेलाले भोजराज खनालको अध्यक्षतामा ३ सदस्यिय पछि थप्ने गरी २१ सदस्यिय वडा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा नारायण पण्डित,कोषाध्यक्ष हर्कमान आचार्य, सचिवमा युवराज आचार्य रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा मात्रिका घिमिरे, हरि खनाल,मोतीकुमारी कुमाल,शिव […]

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने भारी मतान्तरले विजयी

काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले […]

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेको जित सुनिश्चित,३७ हजार बढी मतले अगाडि

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् […]

बारा क्षेत्र नम्बर २ मा उपेन्द्र यादवको अग्रता कायमै

बारा । निर्वाचन क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । आज बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९ हजार ८७० मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ७७१ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् […]

तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका स्वर्णिम वाग्ले १४ हजार बढी मतका साथ विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतका साथ विजयी भएका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]