Sidha Patra सोमबार, माघ ०५, २०८२

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,पूर्वमन्त्रीहरु प्रदीप यादव र मोहम्बद इस्तिहाक राईसहित जसपाका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

गएराती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनीहरु एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह, यादव,इस्तिहाक राई लगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमाले प्रवेश गराएका हुन्। यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए ।

यसैगरी वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्षहरू पनि मेयर सिंहसँगै एमालेमा प्रवेश गरेका छन् । सिंह एमालेमा प्रवेश गरेपछि आज ठूलो संख्या जसपा अन्य पार्टीमा रहेका वडाअध्यक्षहरु वीरगञ्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला सचिव महेश दासले जानकारी दिए ।

त्यस्तै उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामा नै शीर्ष तहका नेताहरूले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन् । हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा एमालेले उम्मेदवार बनाउने भएको छ । यस्तै राईले बाँके- २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ ।अन्नपूर्ण

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]