
Rbs
Ssbus
Syees
Gsl
Bksbus5
syysr
Pbu
Csbus
dsbus
Amb
Nssbus7
gms
Ratbs
Jsbus
Ddhbs
Gsbus

Pvg
Rgu
Rgu
Asm
Rsb
Wsp
Sbs
Hal
Ssm
Tsm
Vor
nsb
Rgs
Bbu
Gst
Sls
Bbbpu
Ggd
Ksm

Pls
Syp
Rmb
Mks
Jmb
Jmb
Abd
Ptm
sab
bbt
Bml
Gsb
Rpp
काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,पूर्वमन्त्रीहरु प्रदीप यादव र मोहम्बद इस्तिहाक राईसहित जसपाका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
गएराती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनीहरु एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह, यादव,इस्तिहाक राई लगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमाले प्रवेश गराएका हुन्। यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए ।
यसैगरी वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्षहरू पनि मेयर सिंहसँगै एमालेमा प्रवेश गरेका छन् । सिंह एमालेमा प्रवेश गरेपछि आज ठूलो संख्या जसपा अन्य पार्टीमा रहेका वडाअध्यक्षहरु वीरगञ्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला सचिव महेश दासले जानकारी दिए ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामा नै शीर्ष तहका नेताहरूले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन् । हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा एमालेले उम्मेदवार बनाउने भएको छ । यस्तै राईले बाँके- २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ ।अन्नपूर्ण
