ओमप्रकाश गुप्ता बिहिबार, आषाढ ११, २०८३

दाङ । इलाका प्रहरी कार्यालय भालुवाङका नयाँ कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले राप्ती क्षेत्रको समग्र शान्ति सुरक्षा कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

हालै इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक न्यौपानेले बिहीबार आफ्नै कार्यकक्षमा राप्ती प्रेस मञ्च तथा क्रियाशील पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारकर्मीहरुसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण,लागुऔषध दुर्व्यसन नियन्त्रण,सवारी दुर्घटना न्यूनीकरण, लमही– भालुवाङ सडक खण्डमा टाइम कार्ड प्रणाली लागू गर्नुपर्ने आवश्यकता,चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण,राप्ती नदी दोहन रोकथाम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनका विषयमा सुझावसहित ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल, अध्यक्ष अर्जुनकुमार अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता,उपाध्यक्ष बलराम शाही (भिसुन), महासचिव ओमप्रकाश गुप्ता,सचिव देवेन्द्रराज कडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह–कोषाध्यक्ष लालमणी भुसाल, सदस्यहरू मुक्तिराम पौडेल र मोतीराम भट्टराई, सल्लाहकारहरू बासुदेव न्यौपाने र जमिर शाह तथा पूर्व कार्यसमिति सदस्य ईराधा झार्की मगर लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]