
Gmssl
gst
Sebsg
Gipsg
Gipsg
Pbu
Gst
Unsku
Gsg
काठमाडौं । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा थप एक नेपालीको मृत्यु भएको छ । मेघालयको पुर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा गम्भीर घाइते भएका खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर –१ बराहपोखरी सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको हो । यससँगै कोइलाखानी विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ । माघ २२ […]
काठमाडौँ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोलम्बियाली अधिकारीहरूले कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । त्यस्तै […]
काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । उनी ६६ वर्षका थिए। बुधबार बिहान ८ः४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिका सहित पाँच जनाको मृत्यु भएको छ । अहिलेसम्म प्राप्त […]
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले च्याट जिपिटी निर्माता कम्पनी ओपनएआई र माइक्रोसफ्टविरुद्ध कानुनी लडाइँलाई तीव्र बनाएका छन् । ब्लूमबर्गको एक रिपोर्टअनुसार मस्कले यी कम्पनीहरुसँग ७९ अर्ब डलर देखि १३४ अर्ब डलर सम्मको क्षतिपूर्ति माग गरेका हुन् ।ओपन एआईले आफ्ना गैरनाफामुखी उद्देश्यहरू त्यागेर र माइक्रोसफ्टसँग साझेदारी गरी आफूसँग धोखाधडी गरेको आरोप मस्कले लगाएका […]
काठमाडौं । नेपाल लगायत ७५ देशका नागरिकहरुका लागि अमेरिकी विदेश मन्त्रालयले आगामी २१ जनवरीदेखि लागू हुने गरी आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ । त्यस्तै विदेश मन्त्रालयले आफ्नो स्क्रिनिङ र जाँचका मापदण्डहरू पुनरावलोकन नगरेसम्म कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनी अधिकार प्रयोग गर्दै भिसा अस्वीकार गर्न निर्देशन दिएको हो । यो स्थगन अनिश्चितकालका लागि रहने र […]
काठमाडौं । भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीहरुको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। त्यस्तै मृतकहरु सबै सल्यानको सिद्धकुमार गाउँपालिका वडा नम्बर–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरीले बताए। द न्यूज […]
काठमाडौं । अदम्य साहसका प्रतीक एवम् पूर्व गोर्खा सैनिक हरि बुढा मगरले अन्टार्क्टिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट भिन्सन (४,८९२ मिटर) को सफल आरोहण गरी नयाँ इतिहास रचेका छन् ।‘कन्करिङ ड्रिम्स ७ समिट्स’ (सात महादेशका सातै सर्वोच्च शिखर आरोहण गर्ने) अभियान अन्तर्गत उनले डिसेम्बर २८, २०२५ का दिन यो ऐतिहासिक सफलता हात पारेका हुन् । संयुक्त […]
एजेन्सी । म्यानमारको अस्पतालमा सैन्य हवाई आक्रमण हुँदा ३० जनाभन्दा बढीको ज्यान गएको छ । सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरुले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने वाचा गरेका छन् । जसलाई जुन्टाले फिर्ता लिन लडिरहेको छ । एक सैन्य जेटले बुधबार साँझ बंगलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक–यूको अस्पतालमा […]
काठमाडौं । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरुको मृत्यु भएको छ । साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरुलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । प्रारम्भिक रिपोर्टहरुमा […]