
Ppu

Usb
Hl1
Ssb
Tsb
Gsb

Rgu
Nps
ptl
काठमाडौं । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरुको मृत्यु भएको छ ।
साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरुलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । प्रारम्भिक रिपोर्टहरुमा दाबी गरिए अनुसार,मृत्यु हुने सबै भारतीय हुन् । उनीहरुमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै थिए।
त्यस्तै यो दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब १:३० बजे भएको थियो । त्यस समयमा धेरै यात्रुहरु सुतिरहेका थिए,जसले गर्दा ठोक्किएपछि बसमा आगो लाग्दा मानवीय क्षति बढेको हो ।
यस्तै तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ। राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरुलाई दूतावाससँग समन्वय गरेर पीडितहरुको पहिचान र अन्य औपचारिकताहरुमा सहयोग गर्न निर्देशन समेत दिएका छन् ।
