
Sebsg
Gipsg
Gst
Unsku
Gsg
Gmssl
Pbu
gst
Gipsg

Rgs
Ssm
Ksm
Gst
Sbs
Sls
Rsb
Hal
Pvg
Rgu
Asm
Ggd
Tsm
Vor
Bbbpu
Bbu
Wsp
Rgu
nsb

Jmb
sab
Syp
Ptm
Rpp
Abd
Jmb
Pls
Rmb
Gsb
Bml
Mks
bbt
दाङ । नेपाल मगर संघ लुम्बिनी प्रदेशले यस वर्षको भूमे पर्व राप्ती उपत्यका दाङमा पाँच दिनसम्म भव्य साथ मनाउने भएको छ ।
नेपाल मगर संघ,मगरात लुम्बिनी प्रदेश समितिको सचिवालय बैठक शुक्रबार समितिका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा बसी देहायका प्रस्तावहरूमाथि छलफल गरी निम्न निर्णयहरु पारित गरेको हो ।
बैठकका प्रस्तावहरु :
१. बधाई तथा शुभकामना सम्बन्धमा
२. गणतन्त्र दिवसको शुभकामना सम्बन्धमा
३. मगर चलचित्र दिलसराको प्रदर्शन सम्बन्धमा
४. भूमे पर्व सम्बन्धमा
निर्णयहरु :
प्रस्ताव नं. १ माथि छलफल गरी यही २०८३ जेठ ८ देखि १० गते सम्पन्न नेपाल मगर संघ, केन्द्रीय समितिको १३औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्षज्यू, पदाधिकारी एवं सदस्यज्यूहरूलाई बधाई साथै सफल कार्यकालका लागि शुभकामना दिने निर्णय गरियो ।
प्रस्ताव नं. २ माथि छलफल गरी आजै परेको २०८३ सालको गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिने निर्णय गरियो ।
प्रस्ताव नं. ३ माथि छलफल गरी मगर समुदायको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘दिलसरा’ यही मिति २०८३ जेठ १६ गतेका दिन दाङ जिल्लाको घोराहीमा प्रदर्शन गर्ने र यस प्रदेश समिति पनि उपस्थित भइ सक्दो सहयोग गर्ने निर्णय गरियो ।
प्रस्ताव नं. ४ माथि छलफल गरी यो वर्षको भूमे पर्वलाई यही २०८३ असार १ देखि ५ गतेसम्म दाङको राप्ती गाउँपालिका वडा नं. ३ मा पर्ने मसुरियामा नेपाल मगर संघ, प्रदेश समितिको आयोजना र नेपाल मगर संघ, राप्ती गाउँपालिकाको सहआयोजनामा सम्पन्न गर्ने र सोका लागि देहायका नाम संयोजक तथा सदस्य रहनेगरी उपसमितिहरू गठन गर्ने निर्णय गरियो :
क) प्रचारप्रसार समिति– इराधा झाँक्री मगर
ख) आर्थिक समिति– सूर्यविक्रम राना मगर, उषा बुढा मगर
ग) सांस्कृतिक समिति– खम बुढा मगर तथा प्रदेश अध्यक्ष स्वतः
घ) अतिथि सत्कार समिति– दीया पुन मगर, कुमकला रेस्मी मगर
ङ) खानेपानी तथा शौचालय समिति– खुमीसरा रोका मगर
च) मञ्च तथा साउण्ड समिति– लेखबहादुर घर्ति मगर
छ) सरसफाइ तथा स्वयंसेवक परिचालन समिति– कृष्ण पुन मगर
ज) भूमे पूजा समिति– भानबहादुर घर्ति मगर
