
Dus
lnp
Rgp
Jns
Lnp
ksb
Ggp
Ggp
Rgp
Usb
Rgp
Lks
Rgp
Sgp
Asb

lms

काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । उनी ६६ वर्षका थिए। बुधबार बिहान ८ः४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो ।
प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिका सहित पाँच जनाको मृत्यु भएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए । अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो। नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । केही समय अघि मात्र छ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो ।
त्यस्तै अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्यालीहरुलाई सम्बोधन गर्न बारामती जाँदै थिए । शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए ।
