निराजन यादव शनिबार, जेठ १६, २०८३

दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ निवासी रमेश खड्का र आर्जु के.सीले आधुनिक सोचसहित “Food on Wheels Service (Food Truck)” सञ्चालन गरेर स्थानीयस्तरमै नयाँ उदाहरण प्रस्तुत गरेका छन् ।

घोराहीको सडक क्षेत्र तथा नवलपुर फुटबल खेलमैदान नजिक सञ्चालनमा रहेको उक्त सेवा अहिले स्थानीयहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।

‎करिब ८ वर्ष शिक्षण पेशामा संलग्न रहेका रमेश थप शिक्षा हासिल गर्ने उद्देश्यले विदेश गएका थिए । विदेशमा अध्ययनसँगै उनीले एक क्याफेमा काम गर्ने अवसर समेत पाए। त्यही क्रममा उनीले “Food Truck Concept” बारे नजिकबाट अनुभव हासिल गरेका थिए ।

‎विदेशमा दुई वर्षसम्म काम गर्दागर्दै सिकेको सीप, अनुभव र आधुनिक खाद्य सेवा प्रणालीबाट प्रेरित हुँदै नेपालमा पनि यसको राम्रो सम्भावना रहेको महसुस गरी उनीहरूले आफ्नै ठाउँमा “Food on Wheels Service” सञ्चालन गर्ने निर्णय गरेका हुन् । ‎हाल उनीहरूको Food Truck मा विभिन्न परिकार तथा आधुनिक शैलीको सेवा उपलब्ध हुँदै आएको छ। विशेषगरी युवापुस्ता र खेलमैदान क्षेत्रमा पुग्ने सर्वसाधारणको राम्रो आकर्षण देखिएको छ।

‎सञ्चालक रमेश खड्का र आर्जु के.सीका अनुसार सुरुवातमा केही चुनौती भए पनि अहिले काम सोचेजस्तै अगाडि बढिरहेको छ। उनीहरू भन्छन्, “हामीले सोचेकै अनुसार काम भइराखेको छ। यसबाट केही व्यक्तिलाई रोजगारको अवसर समेत दिएका छौं। सबैले हाम्रो कामलाई साथ र माया गरिदिनुभएको छ, जसले हामीलाई थप हौसला मिलेको छ।”

त्यस्तै,‎विदेशमा सिकेको सीप र अनुभवलाई आफ्नै देशमा प्रयोग गर्दै स्वरोजगार तथा रोजगार सिर्जना गर्ने उनीहरूको प्रयास अहिले धेरै युवाका लागि प्रेरणाको विषय बनेको छ । स्थानीयस्तरमा नयाँ व्यवसायिक अवधारणा ल्याएर युवालाई आफ्नै ठाउँमा सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश उनीहरूले दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]