
Nssbus7
Ratbs
Gsbus
dsbus
Syees
Ddhbs
Csbus
syysr
Pbu
gms
Jsbus
Rbs
Gsl
Ssbus
Bksbus5
Amb

Ssm
nsb
Ggd
Sls
Rsb
Bbbpu
Hal
Rgs
Pvg
Wsp
Rgu
Bbu
Tsm
Vor
Rgu
Ksm
Asm
Sbs
Gst

Jmb
Bml
Rpp
Mks
Jmb
Rmb
sab
Gsb
Pls
bbt
Abd
Syp
Ptm
काठमाडौं । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा थप एक नेपालीको मृत्यु भएको छ ।
मेघालयको पुर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा गम्भीर घाइते भएका खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर –१ बराहपोखरी सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको हो ।
यससँगै कोइलाखानी विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ । माघ २२ गतेको डाइनामाइट विष्फोटमा बराहपोखरी सालघारीका एकैघरका दाई २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र भाई २४ वर्षीय सुरेन्द्र खपाङ्गीको मृत्यु भएको थियो ।
त्यस्तै गम्भीर घाइते नरबहादुरको उत्तरपुर्वी इन्दिरागान्धी क्षेत्रीय स्वास्थ्य तथा चिकित्सा विज्ञान संस्थानमा उपचारको क्रममा माघ २३ गते दिउँसो मृत्यु भएको हो । उनको शरीरको अधिकांश भाग जलेको द शिलोङ टाइम्सले उल्लेख गरेको छ । जमीनभित्र भएको विष्फोटमा परेका बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङगी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् ।
यस्तै बराहपोखरी वालम्पाका ताराबल मगर भने सकुशल छन् । ताराबलले नै फोनमार्फत घटनाबारे जानकारी गराएका हुन् । उनीहरु रोजगारीका लागि गत पुस ३ गते मेघालय गएका थिए । दर्जनौं कामदार कोईलाखानीको प्वालभित्रै फसेको अनुमान छ । फसेका कामदारको उद्धार कार्य जारी छ ।
त्यस्तै सम्पत्ति कमाउन गएका आफन्त अवैध कोइलाखानीको विस्फोटमा परेपछि बराहपोखरीको सालघारी गाउँ शोकमा डुबेको छ । घटनाको खबर पाएपछि पीडित परिवार मेघालयतर्फ गएका छन् । परिवारको तीन छोरामध्ये पूर्णबहादुर जेठो र सुरेन्द्र माइलो हुन् । पूर्णबहादुरका श्रीमती र वर्ष दिनको छोरी छन् ।
