
Lnp
Lks
Rgp
Dus
Jns
Sgp
Asb
ksb
Ggp
lnp
Ggp
Rgp
Usb
Rgp
Rgp

lms

काठमाडौँ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
१३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोलम्बियाली अधिकारीहरूले कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
त्यस्तै सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधवार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो ।रासस
