
Ratbs
Gsl
Rbs
Syees
Ssbus
Nssbus7
dsbus
Pbu
Bksbus5
Gsbus
Jsbus
Csbus
Ddhbs
gms
syysr
Amb

Pvg
nsb
Wsp
Sls
Hal
Rgs
Tsm
Sbs
Rsb
Ssm
Asm
Bbu
Bbbpu
Rgu
Vor
Ksm
Rgu
Gst
Ggd

Gsb
Abd
Jmb
sab
Rpp
Bml
Rmb
bbt
Mks
Jmb
Syp
Ptm
Pls
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले च्याट जिपिटी निर्माता कम्पनी ओपनएआई र माइक्रोसफ्टविरुद्ध कानुनी लडाइँलाई तीव्र बनाएका छन् ।
ब्लूमबर्गको एक रिपोर्टअनुसार मस्कले यी कम्पनीहरुसँग ७९ अर्ब डलर देखि १३४ अर्ब डलर सम्मको क्षतिपूर्ति माग गरेका हुन् ।ओपन एआईले आफ्ना गैरनाफामुखी उद्देश्यहरू त्यागेर र माइक्रोसफ्टसँग साझेदारी गरी आफूसँग धोखाधडी गरेको आरोप मस्कले लगाएका छन्।
के हो खास लफडा ?
रिपोर्टअनुसार मस्कका वकिलहरूले शुक्रबार अदालतमा दायर गरेको निवेदनमा क्षतिपूर्ति सम्बन्धी पूर्णविवरण प्रस्तुत गरेका छन् । यो कदम यस्तो समयमा चालिएको छ जतिबेला अमेरिकाका एक संघीय न्यायाधीशले ओपनएआई र माइक्रोसफ्टको उक्त अपील खारेज गरिदिएका थिए। जसमा ती कम्पनीहरूले अप्रिलको अन्त्यतिर हुने सुनुवाइ रोक्न प्रयास गरेका थिए।
अदालतमा दायर निवेदनमा वित्तीय अर्थशास्त्री तथा विशेषज्ञ साक्षी सी. पल वजनले गरेको गणनाको हवाला दिइएको छ । यसमा ओपनएआई कम्पनीको हालको ५ खर्ब डलर बजार मूल्यमा एलन मस्क पनि हकदार भएको जिकिर गरिएको छ । सन् २०१५ मा ओपन एआई कम्पनी स्थापना गर्दा कम्पनी सह-सस्थापक रहेका मस्कले सुरुवातमा गरेको ३८ मिलियन डलर लगानीका आधारमा आफूलाई ३९ अर्ब डलर देखि १३४ अर्ब डलरसम्मको क्षतिपूर्ती दिनुपर्ने माग गरेका छन् ।
एलन मस्कका वकिल स्टीभन मोलोले भनेका छन्- जसरी कुनै स्टार्टअपमा प्रारम्भिक लगानीकर्ताले आफ्नो मूल लगानीभन्दा धेरै गुणा बढी फाइदा कमाउँछ, त्यसरी नै ओपनएआई र माइक्रोसफ्टले गलत तरिकाले कमाएको मुनाफा फिर्ता पाउनका लागि अब मस्क पनि हकदार छन् ।
ओपनएआईको जवाफ के थियो ?
तर एलन मस्कको यस्तो दाबीलाई ओपन एआईले खारेज गरेको छ । एक विज्ञप्ती जारी गर्दै कम्पनीले मस्कको मुद्दा आधारहीन भएको र यो उनको उत्पीडन अभियानको हिस्सा रहेको बताएको छ । कानूनी लडाइँ अगाडि बढ्दै गएमा मस्कले भविष्यमा अझै अनौठा खालका दाबीहरू पनि अघि सार्न सक्ने भन्दै कम्पनीले लगानीकर्ताहरूलाई सचेत गराएको छ ।
विज्ञप्तिमा भनिएको छ- हामी अदालतमा यो प्रमाणित गर्न तयार छौं कि मस्कको यो पछिल्लो माग पूर्णरूपमा यही उत्पीडन अभियानलाई अगाडि बढाउने उद्देश्यले गरिएको हो ।
स्मरण रहोस् एलन मस्क, स्याम अल्टम्यान तथा ग्रेग ब्रोकम्यान लगायत मिलेर सन् २०१५ मा ओपन एआई कम्पनी स्थापना गरेका थिए । तर एलन मस्क सन् २०१८ मा ओपनएआईको बोर्डबाट अलग भए । ओपन एआईमा माइक्रोसफ्टले अर्बौँ डलर लगानी गरेको छ।
सन् २०२२ को अन्त्यतिर ओपन एआईले च्याटजीपीटी नामक च्याटबट सार्वजनिक गरेसँगै यसले व्यापक लोकप्रियता हासिल गरेपश्चात् एलन मस्क कम्पनीका आलोचक बन्दै आएका छन् । त्यसपछि मस्कले आफ्नै एआई स्टार्टअप एक्स एआई सुरु गरे जसल ग्रोक च्याटबोट बनाएको छ । गैरनाफामूलक कम्पनी भनेर स्थापना गरिएको ओपन एआई आफ्नो उद्देश्यको विपरीत नाफामूलक बनेको उनको दाबी रहेको छ ।अनलाइनखबर
