
Gsbg-3
Usbl-7
Csbg-7
Jsbr-3
Rksr-7
Pbu
Gsbr-6
ksbl-7
Jsbg-7
Msbg-2
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी सुरेश काफ्लेले आए देखि कानुन बिपरित गलत काम गर्ने जो कोही पनि कार्वाहीमा परेका छन् । यस्तै तुलसीपुरमा बालुवा,गिट्टी ओसार्न दिने सर्तमा ट्रयाक्टर ब्यबसायीसंग प्रति ट्याक्टर ३०/ ३० हजारको दरले घुस खाएको उजुरी एसपीको कानमा परे पछि तुलसीपुर क्षेत्रमा कार्यरत ३ जना साधा पोशाकका प्रहरीहरु (देबेन्द्र मल्ल) (कर्न […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जुवा खेलिरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ९ दुबीचौरा निवासी श्यामलाल चौधरीको घरमा जुवातास खेलीरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी […]
दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित हुनुभएको छ । बुटवलमा जारी २२ औँ राष्ट्रिय सम्मेलनले कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाण्डे तथा महासचिव सुवाश जिसी निर्वाचित हुनुभएको छ । यस्तै, सरोजमान सिंह र ईन्द्रमणी पाण्डेलाई सचिवमा […]
दाङ । घोराही उपमहानरपालिका १४ की प्रेमकुमारी पुनमगर अल्लो उद्योगसँग जोडिएको बर्षौ भएको छ । सीप,जाँगर र हौसल्लाले राम्रो सफलता हाँसिल गर्न सकिदो रहेछ भन्नको लागि धेरै महिलाहरुका लागि उदाहरणको रुपमा प्रेमकुमारी स्थापित हुन सफल भएकी छिन । द्वन्द्वकालको समयमा शिक्षण पेशा छोडी घोराहीमा १८ वर्षदेखी चिनारी महिला साझेदारी अल्लो उद्योग संचालन गर्दै आएकी छिन् […]
बुटवल । अपांगता भएका युवाहरुको निर्वाचनमा पहुँच पुर्याउन पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् । अपांगता भएका युवाहरुको राजनीतिक पहुँच विषयक कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पहुँचयुक्त निर्वाचन र समावेशी सहभागीताका लागि सञ्चार माध्यमसंगै सबैले दबाब दिनुपर्ने बताउनु भयो । बुटवल टुडेका वरिष्ठ संवाददाता कृष्ण खनालले अपांगता भएका व्यक्तीहरुका लागि धेरै […]
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा बजार अनुगमन फुलिबन बजारसम्म पुगि सम्पन्न गरिएको छ । बजार अनुगमन समितिले गाउँपालिकाको वडा नम्बर १ सेरमको फुलिबन बजार र वडा नम्बर ५ जैमाकसलाको पोबाङ बजार समेत अनुगमन गरिएको हो । अनुगमनमा गरिएका २० व्यवसाय मध्ये वडा नम्बर १ फुलिबनको पसलहरुबाट म्याद नाघेका पेय पदार्थ बस्तु जफत गरी नष्ट गरिएको […]
दाङ । ओली वंश समन्वय समाज नेपाल जिल्ला कार्यसमिति दाङले बिजया दशमी, शुभ दिपावली र छठ पर्वको अबसरमा आज घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । ओली वंश समन्वय समाजका जिल्ला अध्यक्ष रेखबहादुर ओलीको अध्यक्षता तथा ओली बंशका अभिभावक एव सस्थापक कोषाध्यक्ष भीमबहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले ओली समुदायको हकअधिकार […]
दाङ । घोराही उप–महानगरपालिका वडा नम्वर १५ स्थित पद्मोदय टोल विकास संस्थाको दोश्रो अधिबेशन आज घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुष्पा श्रेष्ठको अध्यक्षता तथा घोराही उप– महानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको अधिबेशनले रेशम प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति निर्वाचित गरेको छ । […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा गएराती ७७ वर्षीय मिनबहादुर केसीको घर-गोठमा आगलागी भएको छ । राति १२ बजेतिर केसीको घरमा एक्कासि पातेशन गरिएको घर-गोठमा गाई,बाख्रा बाधेको स्थानदेखि आगो दनकेको देखिएको थियोे । छिमेकी गाउँदेखि झन्डै ३/४ सय मिटर टाढा खोलाको किनारमा सो घर रहेको जनता मावि कालाकाटेका शिक्षक भानु जिएमले जानकारी […]
पर्सा । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्। मन्त्रीपरिषद् विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले शुक्रबार साँझ यादवको पुतला दहन गरेका हुन्। प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए। शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वरभूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे र आन्दोलनमा योगदान कम भएका […]