
snmbs
Dbc
dpm
Dpm
Mbf
Sdc
Ges
Gesld
Amb
Snmbs
Pbu
Snmbs
rgs


दाङ । घोराही उप–महानगरपालिका वडा नम्वर १५ स्थित पद्मोदय टोल विकास संस्थाको दोश्रो अधिबेशन आज घोराहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पुष्पा श्रेष्ठको अध्यक्षता तथा घोराही उप– महानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको अधिबेशनले रेशम प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा टीका पोख्रेल,सचिवमा विमल योगी,कोषाध्यक्षमा पूर्णिमा घिमिरे,सदस्यहरूमा बोगी सुनार,जित बहादुर नेपाली,दुर्गा आचार्य,लिला आचार्य,यमा पाण्डे,एकराज आचार्य र देवा बुढा रहनुभएको छ ।
संस्थाका उपाध्यक्ष टीका पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको अधिबेशनमा सचिव विमल योगीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रमुअ अतिथि पाण्डेले विकासका लागि सबै टोलवासी एकजुट हुनुपर्ने भन्दै पद्मोदय टोलले छोटो समयम उल्लेख्य प्रगति गरेको बताउनु भयो । कार्यक्रममा टोलका सल्लाहकारहरू अधिबक्ता निर्मल गौतम,सर्जन गौतम,होम बहादुर पुन,ईश्वरराज पाण्डेय,बेलहरी टोलका अध्यक्ष रामबहादुर बुढाथोकी,पूर्णिमा घिमिरे लगायतले बोल्नुभएको थियो ।
