
Gsbg-3
Rksr-7
Jsbg-7
Jsbr-3
Csbg-7
Gsbr-6
Msbg-2
Pbu
ksbl-7
Usbl-7
दाङ । लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोख्रेलले लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माण कार्यलाई तलमाथी पार्न सक्ने खतरा बढेको बताएका छन् । नेकपा एमाले राप्ती गाउँपालिका वडा नम्बर १ र छिमेकी जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ८ र ९ वडा संगठन कमिटीले बुधवार पुरानो भालुवाङमा आयोजना गरेको दसैं तिहार मिलन कार्यक्रमलाई सम्बोधन गर्दै […]
दाङ । दशैमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालका अनुसार बाँकेको राझा देखि सम्झना चोक र कुसुम सम्म जोडिएका सीमाक्षेत्रका प्रहरी युनिटका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए । महान चाड दसैँ, तिहार तथा छठ पर्बलाई लक्षित गरी ईलाका प्रहरी कोहलपुरले […]
मुगु । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ स्थित पिनाटपने खोलामा भएको मङगलबार बस दुर्घटनामा मृत्यु भएका ३२ जनाको सनाखत भएको छ । मंगलबार नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मध्याह्न १२ बजे दुर्घटनामा परेको थियो। मृतक मध्ये बढी विद्यार्थी र छायानाथ रारा नगरपालिकाका स्थानीय रहेका छन् । मृतकको […]
दाङ । बिकासका दृष्टिले पछि परेको साँस्कृतिक, ऐतिहासीक र पुरातात्विक महत्व बोकेको देउखुरी गढवाको कन्दरा मन्दिरले अब बिकासको संभावना बोकेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभएको छ । बुधवार कन्दरा मन्दिर संरक्षण समितिले आयोजना गरेको स्थायी दुर्गा मुर्ति प्रतिस्थापन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष यादवले साँस्कृतिक धरोहर कन्दराको बिकासमा अब स्थानीय सरकारले चाँसो दिने बताउनुभएको हो […]
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको घटना स्थलमै मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार ‘बस क्ष’तवि’क्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु […]
दाङ । भारतसँग जोडिएका सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताए । भारतसंग जोडिएका सीमाक्षेत्रका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए । महान चाड दसैँ, तिहार तथा छठ पर्बलाई लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको बताए […]
दाङ । देउखुरीको लमहीमा बसको ठक्करबाट एक बालकको घटना स्थलमै ज्यान गएको छ । चितवनबाट बर्दिया तर्फ जादै गरेको ना ७ ख ३१७९ नम्बरको बसले पुर्ब पश्चिम राज मार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर ३ को अर्नहवाको नजिक ठक्कर दिदा राप्ती गाउपालीका वडा नम्बर ६ सगरापुरका सन्दीप चोधरीको ४ बर्षे छोरा र्दुगा प्रसाद चौधरीको घटना […]
दाङ । दुर्गा पुजा सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ । दाङको अम्बिकेश्वरी मन्दिर लगायतका पीठहरुमा विहानै देखि फूलपाती लिने र पूजाआजा गर्नेहरुको भीड लागेको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका […]
काठमाडौं । गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । रुपन्देहीको मोतीपुर ओद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर ४ जना सुकुम्बासी मारिएको भोलिपल्ट विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले धम्कीपूर्ण विज्ञप्ति जारी गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ […]
सुनसरी । प्रहरीले ३ किलो यार्सागुम्बासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई ईटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको […]