सागर थापा आइतबार, आश्विन २४, २०७८

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी सुरेश काफ्लेले आए देखि कानुन बिपरित गलत काम गर्ने जो कोही पनि कार्वाहीमा परेका छन् ।

यस्तै तुलसीपुरमा बालुवा,गिट्टी ओसार्न दिने सर्तमा ट्रयाक्टर ब्यबसायीसंग प्रति ट्याक्टर ३०/ ३० हजारको दरले घुस खाएको उजुरी एसपीको कानमा परे पछि तुलसीपुर क्षेत्रमा कार्यरत ३ जना साधा पोशाकका प्रहरीहरु (देबेन्द्र मल्ल) (कर्न वली) (जमान खड्का) लगाएत जिल्लामा कार्वाहीको लागि तानिएका हुन् ।

स्रोतका अनुसार ४/५ जना ट्रयाक्टर ब्यबसायीबाट बालुवा गिट्टीको अबैध तस्करी गर्ने दिने सर्तमा केही घुमुवा प्रहरीले दाङका एसपी सुरेश काफ्लेको नाम बेचेर पैसा असुलेका थिए । एसपीको नाम गलत ढंगले भजाएर आँफूहरुसंग रकम असुलेको ब्यबसायीको मौखिक गुनासोको आधारमा उनीहरुमाथि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङमा तानिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

त्यस्तै ती प्रहरी अधिकारीले कसुर पुष्टि भए बिभागिय कारबाही देखि जागिरबाटै निकाल्ने सम्मको कारबाही हुन सक्ने संभावना रहेको बताए । तुलसीपुर क्षेत्रबाट यसअघि पनि सर्वसाधारणको गुनासोको आधारमा घुमुवा प्रहरीलाई जिल्ला तानेर बिभागिय कारबाही गरिएको ती प्रहरी अधिकारीले जानकारी दिए ।

दाङ जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा एसपी सुरेश काफ्ले जिल्लामा आएपछि गलत काम गर्नेहरुलाई धमाधम कारबाही सुरु गरिएको ती प्रहरी अधिकारीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]