
Ksbus
Ksbus
Asbus
Ggp
Msbus
Lnp
Rgp
Sdc
Ggp


दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जुवा खेलिरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका ९ दुबीचौरा निवासी श्यामलाल चौधरीको घरमा जुवातास खेलीरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुुभएको छ ।
पक्राउ पर्नेमा घोराही ९ निवासी ५५ वर्षिय दुर्गा बहादुर घर्ती, सोही ठाउँ निवासी ४१ वर्षिय पुस्कर केसी, ५५ वर्षिय होम बहादुर केसी, ५८ वर्षिय मनविर चौधरी, ५८ वर्षिय चिल्लु चौधरी, ३१ वर्षिय कालिचरण चौधरी, ४१ वर्षिय कमल चौधरी, ५४ वर्षिय गिर बहादुर कामी, ४९ वर्षिय कुमार केसी, ३३ वर्षिय गोविन्द डिसी, २५ वर्षिय कर्ण बहादुर विश्वकर्मा, २० वर्षिय सन्दिप चौधरी र ३४ वर्षिय विष्णु चौधरी रहेका छन् । साथै उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
