
Pbu
Sds
Gisld
Mbdvs
Rbs
mbd

Bbbpu
Hal
Gst
Ssm
Rsb
nsb
Tsm
Pvg
Rgs
Ggd
Ksm
Sls
Bbu
Sbs
Vor
Rgu
Asm
Wsp
Rgu

Rpp
bbt
Bml
Jmb
Gsb
Ptm
Rmb
sab
Mks
Abd
Jmb
Syp
Pls
दाङ । ओली वंश समन्वय समाज नेपाल जिल्ला कार्यसमिति दाङले बिजया दशमी, शुभ दिपावली र छठ पर्वको अबसरमा आज घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
ओली वंश समन्वय समाजका जिल्ला अध्यक्ष रेखबहादुर ओलीको अध्यक्षता तथा ओली बंशका अभिभावक एव सस्थापक कोषाध्यक्ष भीमबहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले ओली समुदायको हकअधिकार सँगै एकताका लागि सबैले ध्यानदिनुपर्ने बताएका थिए ।
त्यस्तै उनीहरुले देशभर छरिएर रहेका ओलीहरु एक भएर अधिकारका लागि अघिबढ्नुपर्नेमा जोड दिएका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा ओली वंश समन्वय समाज नेपालका केन्द्रीय संयोजक कमलबहादुर ओली, केन्द्रीय संरक्षकद्वय जागेश्वर ओली,अमरबहादुर ओली, केन्द्रीय उपाध्यक्ष बेचन ओली, केन्द्रीय महासचिव नेत्रलाल ओली, सल्लाहकारद्वय छविलाल ओली, मोहनलाल ओली, समाजका लुम्बिनी प्रदेश सयोजक मिनराज ओली, ओली वश समन्वय समाज घोराही उपमहानगरपालिकाका अध्यक्ष धनबहादुर ओली लगायतले बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थापक सचिव एव अभिभावक अमरबहादुर ओली,सस्थापक कोषाध्यक्ष तथा समाजका अभिभावक भीमबहादुर ओली,सदस्य सुखबहादुर ओली, सदस्य दलबहादुर ओली,सदस्य चित्रबहादुर ओलीलाई सम्मान गरिएको थियो । जिल्ला सदस्य डम्मर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव कमल ओलीले गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न ठाउँका मानिसहरुको सहभागिता रहेको थियो ।
