
Gsb
Ksb
Ssb
Bsn
jsb
Nsb
Ssb
Csb
Tgp
Usb
Rks
Ppu
Rsb
Ksb
Fmb
Ksb

Gsb
Hl1
Ssb
Tsb
Usb

ptl
Nps
Rgu
पर्सा । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्। मन्त्रीपरिषद् विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले शुक्रबार साँझ यादवको पुतला दहन गरेका हुन्।
प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए। शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वरभूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे र आन्दोलनमा योगदान कम भएका व्यक्तिलाई सिफारिस गरेको उनीहरूको आरोप छ। यस्तै उनीहरूले पर्सामा अध्यक्ष यादवलाई प्रवेश निषेध गर्ने चेतावनी समेत दिएका छन्। ६ महिना लामो मधेश आन्दोलनको अगुवाई गर्ने पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाइनु पर्सालाई उपेक्षा गरिएको प्रदर्शनकारीको आरोप छ।एबिसी संचार
