बुटवल । अपांगता भएका युवाहरुको निर्वाचनमा पहुँच पुर्याउन पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् । अपांगता भएका युवाहरुको राजनीतिक पहुँच विषयक कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पहुँचयुक्त निर्वाचन र समावेशी सहभागीताका लागि सञ्चार माध्यमसंगै सबैले दबाब दिनुपर्ने बताउनु भयो ।
बुटवल टुडेका वरिष्ठ संवाददाता कृष्ण खनालले अपांगता भएका व्यक्तीहरुका लागि धेरै अवरोध भएको भन्दै अवरोध हटाउदै अघि बढ्नुपर्ने चुनौती रहेको बताउनु छ । नेत्रहिन युवासंघ नेपाल, आइफेक्स नेपाल,युएसएआएडीको साझेदारीमा सञ्चालित सो कार्यशालामा आइफेक्स प्रतिनिधि सम्हिता मल्लले अपांगता भएका व्यक्तीहरुका लागि पहुँचयुत्तः निर्वाचन प्रतिक्रियामा सहज सहभागिताका लागि आफुहरुले काम गरिरहेको जानकारी गराउनु भयो । उहाँर्ले “माई भोट माई फिउचर “अभियानमार्फत अपांगता भएका युवाहरुको राजनैतिक पहुँच अभिवृद्धिका लागि ११ महिनासम्म सञ्चालन हुने परियोजनाले काम गर्ने बताउनु भयो ।
असोज १९, २० भैरहवा २२ र २३ गते बुटवलमा आयोजना भएको कार्यक्रममा रुपन्देहीका विभिन्न पालिकाका २४ जना अपांगता भएका युवाको सहभागिता रहेको थियो । कोरोना संक्रमण जोखिम भएका कारण बुटवल र भैरहवामा १२ र १२ जना सहभागी राखी कार्यशाला राखिएको परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले जानकारी गराउनु भयो ।
नेत्रहिन युवासंघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष जीवन पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यशालामा परियोजनाका प्रोमोटर टिकाराम घिमिरे र लक्ष्मी पाण्डेले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा लोकतन्त्र र लोकतन्त्रका तत्व ,नेतृत्व, जनप्रतिनिधि,अधिकार र कर्तव्यका बारेमा सहजिकरण गरिएको थियो ।