गुल्मीमा निर्माणधिन रहेकोे रेसुङ्गा विमान स्थलको मन्त्री झाँक्रीद्वारा अनुगमन

गुल्मी । जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो । निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु अगाडी बढेका छन् । विमानस्थलको टर्मिनल भवन र धावन मार्ग कालोपत्रे […]

सिडिओ रेग्मीद्वारा लमही मालपोत कार्यालयको छड्के अनुगमन

दाङ । पछिल्लो समय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा सरकारी कार्यालयहरुमा अनुगमन गर्ने कार्यलाई तिब्र पारिएको छ । सरकारी कार्यालयबाट सेवाग्राहीले सहज र सरल एवं छिटो सुविधा पाउछन् कि पाउदैनन् भनेर ति कार्यालयहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो । शुक्रबार इलाका प्रशासन कार्यालय लमही आएको समयमा प्रमुख जिल्ला अधिकारी रेग्मीले लमही […]

दाङमा एक सय बढी बालबालिका तथा जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण

दाङ । राष्ट्रिए एकता तथा मेलमिलाप दिबसको अबसर पारेर दाङमा एक सय,१ जनालाई न्यानो लुगा वितरण गरिएको छ । नेपाल महिला संघ दाङका संस्थापक अध्यक्ष तथा नेपाली काङ्ग्रेस दाङ महासमिति सदस्य बिमला योगिको पहलमा दाङमा बालबालिका एबम जेष्ठ नागरिक सहित एक सय १जनालाई ब्लाङकेट तथा न्यानोकपडा वितरण गरिएको हो । स्कुल अफ डेमोक्रेसी दाङको आयोजना […]

उपभोक्ता समितिसंग वडा अध्यक्ष र वडा सदस्यले घुस लिएकाे कसुरमा अख्तियारद्वारा मुद्दा दर्ता

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले उपभोक्ता समितिबाट डेढ लाख घुस लिएको अभियोगमा वडा अध्यक्ष विरुद्ध मुद्दा दायर गरेकाे छ। सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम दुलार साह सहित तीन जनालाई आयाेगले मुद्दा दर्ता गरेकाे हाे। साेहि वडाका दुईजना वडा सदस्य सोनेलाल साह रौनियार र उमेश राय विरुद्ध पनि अख्तियारले शुक्रबार […]

लमही र गढवाका बजारमा सरसफाई सन्देश दिदै मैनादेवि फउण्डेशन

दाङ । कराँते र तेक्वान्दो खेल्ने सेतो ड्रेसमा सजिएका विद्यार्थी हरुको हुल बिहानै आठबजे गढवा स्थित इलाका प्रहरी कार्यालय अगाडी जुट्यो । कसैले कुचो समाएको त कसैले डोका र ब्यानर समाएका थिए । एकैछिन पिछ प्रहरी कार्यालयबाट पनि सुरक्षाकर्मिहरुको जमात कुचो समाएर निस्कीयो । सोही कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष लगायतको टोली,गढवा गाउँपालिकका वडा […]

दाङमा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरु

दाङ । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको आयोजना गरिएको हो । त्यसैगरी प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका […]

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

दाङ । दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर ६ का ३२ बर्षिय सुमन केसीको मृत्यु भएको हो । केसीलाई आज बिहान अन्दाजी चार बजे गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । तुलसीपुर सुर्खेत सडकखण्ड अन्तर्गत दंगिशरण ६ को श्रीगाउँमा केसीलाई गाडीले […]

पञ्चैबाजामा रोजगार खोज्दै गढवाका महिलाहरु शंख फूक्नेबाट सनही फुक्नेतिर

दाङ । पञ्चैबाजा कला संस्कृति लोप हुन थालेपछि देउखुरीको गढवामा महिलाहरु यसको संरक्षणमा जुटेका छन् । पहिले–पहिले दलित बर्गका साथीहरुले बजाउने गरेको यो बाजामा उनिहरुको चाँसो घट्दै गएपछि अब गैह्र दलित,त्यो पनि महिलाहरुमा यसको आकर्षण बढ्न थालेको छ । हाम्रा बाउ–बाजेले शंख फूक्थे तर हामीले सनही फूक्दै छौं । काम सिक्दैमा केहि फरक पर्दैन । […]

काङ्ग्रेसद्वारा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज नेपाली काङ्ग्रेस र उसका भ्रातृ संस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक बिपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा नेपाली काङ्ग्रेस र उसका भातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरी […]

बेमौसमी बर्षाले बालीनालीलाई फाइदा

दाङ । करिब तीन महिना पछि परेको हिउँदे बर्षातले किसानहरुलाई राहत भएको छ । यो पटकको बर्षातले दाङमा गहुँ, मसुरो लगायत तरकारी बालीलाई समेत राहत पुगेको किसानहरुले बताएका छन् । त्यसैगरी ढिलोगरी छरेको तोरीलाई समेत मद्धत पुगेको छ । यसपाली हिउँदेवालीको उत्पादन बढ्ने किसानहरुले बताएका छन् । तर चिसो मौसममा परेको दुई दिने झरीका कारण […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]