शिबराज पन्थी/गढवा शुक्रबार, पौष १६, २०७८

दाङ । पञ्चैबाजा कला संस्कृति लोप हुन थालेपछि देउखुरीको गढवामा महिलाहरु यसको संरक्षणमा जुटेका छन् । पहिले–पहिले दलित बर्गका साथीहरुले बजाउने गरेको यो बाजामा उनिहरुको चाँसो घट्दै गएपछि अब गैह्र दलित,त्यो पनि महिलाहरुमा यसको आकर्षण बढ्न थालेको छ ।

हाम्रा बाउ–बाजेले शंख फूक्थे तर हामीले सनही फूक्दै छौं । काम सिक्दैमा केहि फरक पर्दैन । यसबाट हामीले रोजगारीको रहर पुरा गर्ने छौं–गढवा ६ का राधा अधिकारीले भन्नुभयो । घरेलु तथा साना उद्योग कार्यालयले पञ्चैबाजा बजाउने निःशुल्क तालिम दिने भएपछि संस्कृति संरक्षण गर्न उनिहरु कस्सीएको बताए ।

गढवा–६ का सिता पौडेल पेशाले होटल ब्यवसायी हुनुहुन्छ । पञ्चैबाजा संस्कृति लोप हुन थालेपछि आफु ब्राम्हणकी छोरी भएपनि बाजा बजाउने तालिम सिक्ने उहाँको धोको छ । लोप हुन थालेको संस्कृतिको संरक्षण पनि हुने,रोजगार पनि पाइने । त्यसैले हामी महिलाहरु पनि बाजा बजाउने काम सिक्न थालेका हौं– पौडेलले भन्नुभयो । नयाँ पुस्ताले बाजा बजाउने काम छोड्दै गए त्यसैले हामीले यसको संरक्षण गर्ने दायित्व ठानेका छौ,काम सिकेपटि रोजगार पनि हुने,संस्कृतिको संरक्षण पनि हुने–गढवा ७ निवासी राधा अधिकारीले भन्नु भयो ।

गढवा ७ का शारदा बि.क.र रामप्यारी बिश्वकर्माको पनि पञ्चैबाजा बजाउन सिक्ने र बिवाह,भोज, पुजा–आजामा बाजा बजाएरै कला संस्कृति संरक्षण गर्ने धोको छ । के ब्राम्हण,के दलित हामी सबै जात जातीका महिलाहरुले बाजा बजाउन सिक्ने र स्वरोजगार बन्ने रहरका साथ यसमा लागेका हौं–उहाँहरुले बताउनुभयो । हामी महिला हौं भनेर पछि पर्न चाहान्नौ,बाजा बजाउन सिकेर पुरुषले सरह काम र दाम खोजेका छौं । महिलाहरु आफू स्वरोजगार बन्ने र कला संस्कृतिको संरक्षण गर्ने प्रतिवद्धताका साथ यो तालिममा सरिक भएको बताउनुभयो ।

दुई बर्ष अगाडी गढवा गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम मार्फत यो अभियान सुरुवात गरेपछि गढवाका ब्राम्हण,क्षेत्री, थारु र ठकूरी समुदायका गैह्र दलितहरुले बाजा बजाउने तालिम सिकेर रोजगारमा लागेका हुन । गढवा–७ का चुडामणि पौडेल र गढवा ६ का रेशम बहादुर शाहीको अगुवाईमा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र नामक गैरसरकारी संस्था जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता गराई अभियान सुरु गररेको अभियन्ताहरुको भनाई छ । यसै अभियानलाई निरन्तरता दिन यसबर्ष घरेलु तथा साना उद्योग कार्यालय दाङले चाँसो राखेपछि अब गढवाका महिलाहरुले पनि पञ्चैबाजा बजाउने कार्य सिक्न थालेका छन् ।

यो अभियानका लागि घरेलु कार्यालयकै खर्चमा सैनामैना–१ रुपन्देहीबाट अनिल पहाडी प्रशिक्षकको रुपमा उपस्थित हुनु भएको छ । बाद्यबादन र संगित क्षेत्रमा स्नातकोत्तर गर्दै थेसीसको तयारीमा रहेका अनिलले रुपन्देहीको तिलोत्तमामा पञ्चैबाजा बजाउने महिलाहरुको टिम तयार गरेको बताउनुभयो । पञ्चैबाजा जस्तो लोपोन्मुख कला संस्कृति प्रति गैह्र दलितको आकर्षण किन बढीरहेको छ र नेपाली समाजमा यसको प्रभाव के छ भन्ने बिषयमा उहाँले प्रशिक्षणकै माध्यमबाट सोधपत्र तयार गर्न थालेको बताउनुभयो । तालिम ४५ दिनको हो तर एक महिनामै महिलाहरुलाई टे«ण्ड गराउने उहाँको योजना रहेको छ । गरेपछि असंभब केहि छैन,देशका धेरै स्थानमा बाजा बजाउने महिलाहरुको टिम तयार भएको छ–उहाँले भन्नु भयो ।

दुइबर्ष अगाडी गढवा गाउँपालिकाको सपोर्टमा बाजा खरिद गरि तालिम सिक्यौं । अहिले हामीहरुलाई रुपन्देही,नवलपरासी, बाँके,बर्दिया,प्यूठान,तुलसीपुर,घोराही र कपिलबस्तु लगायतका बिभिन्न स्थानहरुमा बिवाह,पूजाआजा लगायतका शुभकार्यमा बजा बजाउन भ्याई नभ्याई भएको छ ।

नाच्ने कलाकारको टिम पनि तयार गर्दै छौं भने बाजा बजाउने महिलाहरुको पनि अलग टिम तयार गर्दै छौं–संस्कृतिप्रेमी रेशम शाहीले भन्नुभयो । यसअघि गढवा र राजपुर दुवै गाउँपालिका क्षेत्रमा पञ्चैबाजा बजाउने टिम थिएन । गढवा–६ परिचोंकका रेशम शाही उमेरले ५० काटेपनि सधै फुर्तिलो कला संस्कृतिको पारखी हुनुहुन्छ । उहाँकै पहल र प्रेरणाबाट गढवामा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको स्थापना गरि अभियान सुरु गर्न सफल भएको केन्द्रका अध्यक्ष चुडामणी पौडेलको भनाई छ । अब महिलाहरुलाई दक्ष बनाएर २ वटा टिम तयार गर्दै छौं–उहाँले भन्नुभयो । म बाहुनको छोरो भएपनि सनही फूक्छु,बा ले शंख फूक्नुहुन्छ । कला संस्कृति संरक्षणमा हामीलाई गढवा गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालयले प्रोत्साहन गरेकोमा खुसी लागेको छ–पौडेलले भन्नुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]