सरद सागर देबकोटा/लमही शुक्रबार, पौष १६, २०७८

दाङ । राष्ट्रिए एकता तथा मेलमिलाप दिबसको अबसर पारेर दाङमा एक सय,१ जनालाई न्यानो लुगा वितरण गरिएको छ ।

नेपाल महिला संघ दाङका संस्थापक अध्यक्ष तथा नेपाली काङ्ग्रेस दाङ महासमिति सदस्य बिमला योगिको पहलमा दाङमा बालबालिका एबम जेष्ठ नागरिक सहित एक सय १जनालाई ब्लाङकेट तथा न्यानोकपडा वितरण गरिएको हो ।

स्कुल अफ डेमोक्रेसी दाङको आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रको आर्थिक समन्वयमा आबश्यकता बोध भएका बिपन्न, एकल द्वन्द्व प्रभाबति तथा असाहय बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।

सामाजिक सुरक्षा र सामाजिक सद्भाब स्वरुप उक्त समाग्री बितरण गरिएको स्कुल अफ डेमोक्रेसी दाङका अध्यक्ष बिमला योगिले जानकारी दिनुभयो । उहाँले मेलमिलाप दिबसबाट शुरु गरिएको यो अभियानलाई गाउँ,बस्तिसम्म जोड्नका लागि आफुले सामाजिक क्षेत्रमा थप विभिन्न कार्यहरु गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतमले समुदायमा समस्यामा परेका जेष्ठ नागरिक तथा बालबालिकालाई सामाजिक सुरक्षा स्वरुप प्रदान गरिएको सहयोगले उनिहरुमा उत्साह थपेको बताउनु भयो ।

त्यस्तै नेपाल महिला सामुदायिक सेवा केन्द्रका शिक्षा शसक्तीकरण कार्यक्रमका सयोजक लक्ष्मी गुप्ताको स्वागत तथा विषय प्रबेशबाट शुरु भएको कार्यक्रममा नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावत , राष्ट्रिय समाचार समितिका दाङ प्रतिनिधि रन्जिता शर्मा,नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपाने,लगायतले बोल्नु भएको थियो ।

संस्थाका अध्यक्ष बिमला योगिको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण स्कुल अफ डेमोक्रेसी दाङका सचिव लिला शाहले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]