Sidha Patra शुक्रबार, पौष १६, २०७८

दाङ । पछिल्लो समय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा सरकारी कार्यालयहरुमा अनुगमन गर्ने कार्यलाई तिब्र पारिएको छ । सरकारी कार्यालयबाट सेवाग्राहीले सहज र सरल एवं छिटो सुविधा पाउछन् कि पाउदैनन् भनेर ति कार्यालयहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो ।

शुक्रबार इलाका प्रशासन कार्यालय लमही आएको समयमा प्रमुख जिल्ला अधिकारी रेग्मीले लमही स्थित मालपोत कार्यालय पुगेर त्यहाँको वस्तु स्थितिका बारेमा जानकारी लिउनु भएको हो । मालपोत कार्यालय लमहीका प्रमुख मान बहादुर कुँवरसंग सेवा लिन आउने सेवाग्राहीलाई मित्रवत व्यवहार गर्दै सेवा प्रदान गर्न निर्देशन दिनु भयो । साथै प्रजिअ रेग्मीले कानून व्यवसायीहरुले सेवाग्राहीसंग काम गरे बापत लिने शुल्कमा नेपाल सरकारका तर्फबाट आफ्नो उपस्थितिमा स्थानीय जनप्रतिनिधि,कानून व्यवसायी,कर्मचारी बसेर रेट निर्धारण गर्नु पर्ने बताउनु भएको छ ।

त्यस्तै लमही मालपोत कार्यालयको सबै फाँटमा पुगेर कर्मचारीसंग कार्य सम्पादनमा केहि समस्या छ कि छैन, सेवाग्राहीलाई सेवा दिंदा कसरी प्रस्तुत हुनुहुन्छ भन्दै प्रश्न गर्नु भएको थियो । कर्मचारीहरुलाई जनताको सेवा गर्दै आफ्नो कार्यकौशलता देखाउन समेत निर्देशन दिनु भयो । जिल्लाभरिका सबै सरकारी कार्यालयहरुले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नु पर्छ भन्ने छाप बसाल्नु पर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई रहेकोे छ ।दाङसमाचार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]