Sidha Patra शुक्रबार, पौष १६, २०७८

गुल्मी । जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो । निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु अगाडी बढेका छन् । विमानस्थलको टर्मिनल भवन र धावन मार्ग कालोपत्रे गर्ने काम अगाडी बढेको हो ।

विमान स्थल अनुगमनमा पुगेकी मन्त्री झँक्रीलाई रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले विमानस्थलको पछिल्लो अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो । धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले बिभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन थिएन् । तर अहिले भने विमानस्थलका अन्तिम चरण कामहरु हुन थालेका छन् । विमानस्थल निर्माणको काम अहिले आशा लाग्दो अबस्थाका काम भइरहेकाले अब तम्घास देउरालीबाट विमानस्थलसम्म पुग्ने मोटरवाटो कालोपत्रे गर्न बजेटको आबश्यक रहेको वडाअध्यक्ष अर्यालले ध्यानाकर्षण गराएका थिए ।

अनुगमनकै क्रममा टर्मिनल भवन निर्माण कार्य गरिरहेका निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ भवन अन्तिम चरणमा पुग्न लागेको बताए । उनले भवनसँगै अन्य निर्माण कार्यमा पनि ध्यान दिन आग्रह गरे । विमानस्थल अनुगमनमा पुगेकी मन्त्री झाँक्रीले योजना छनोट प्रक्रिया वडातहबाट नभई केन्द्रबाट हुनेगरेको बताइन् । वडातहबाट छानिने विकासका आयोजनाहरु प्रभावकारी हुने उल्लेख गरिन । केन्द्रबाट छानिने उल्टो विकासको योजना सर्बप्रथम यसको खारेजी हुनुपर्नेमा जोड दिइन् । अहिलेसम्म विकास व्यक्तिको मुखमा खल्तीमा दैडीरहेको विकासको मोडालिटी भएकाले त्यसको अत्य हुनुपर्नेमा जोड दिइन् ।

नागरिकै आबश्यकताका आधारमा विकासका आयोजनाहरु छनोट हुनुपर्ने मन्त्री झाँक्रीको भनाई छ । उनले गुल्मी जिल्लाकै गौरवकै रुपमा रहेको रेसुङ्गा विमानस्थल सुस्त गतिमा काम हुनुले आफनो पनि चासो चिन्तन रहेको बताइन् । आफु पनि यहिँ जिल्ला वासी भएकाले यो जिल्लाको महत्वपूर्ण आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिइन् । यस आयोजनालाई समयमै सम्पन्न आफनो तर्फबाट सक्दो सहयोगको रहिरहने उल्लेख गरिन् । विमानस्थलका धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको छ । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो । तर परिक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका छन् । धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपियामा गरिरहेको छ । टर्मिनल भवनको ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । २०६३ सालमा विमानस्थलको शिलान्यास भएपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो ।

त्यस्तै विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । कुल १५६ रोपनी जग्गामा बिमानस्थलको एरिया छ । विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सदियौंदेखि सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नु पर्ने बाध्यता अन्त्य हुने स्थनीयको अपेक्षा रहेको छ ।कामनादैनिक

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]