
Csbus
gms
Ratbs
Amb
dsbus
Rbs
Bksbus5
Ddhbs
Gsbus
Nssbus7
Ssbus
Gsl
Syees
syysr
Jsbus
Pbu

Asm
Bbu
Ksm
Sbs
Ssm
Wsp
Pvg
Rgu
Sls
Rsb
Hal
Rgs
Vor
Rgu
Tsm
nsb
Bbbpu
Gst
Ggd

Rmb
bbt
Ptm
Bml
Abd
Gsb
Mks
sab
Jmb
Syp
Rpp
Pls
Jmb
गुल्मी । जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो । निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु अगाडी बढेका छन् । विमानस्थलको टर्मिनल भवन र धावन मार्ग कालोपत्रे गर्ने काम अगाडी बढेको हो ।
विमान स्थल अनुगमनमा पुगेकी मन्त्री झँक्रीलाई रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले विमानस्थलको पछिल्लो अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो । धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले बिभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन थिएन् । तर अहिले भने विमानस्थलका अन्तिम चरण कामहरु हुन थालेका छन् । विमानस्थल निर्माणको काम अहिले आशा लाग्दो अबस्थाका काम भइरहेकाले अब तम्घास देउरालीबाट विमानस्थलसम्म पुग्ने मोटरवाटो कालोपत्रे गर्न बजेटको आबश्यक रहेको वडाअध्यक्ष अर्यालले ध्यानाकर्षण गराएका थिए ।
अनुगमनकै क्रममा टर्मिनल भवन निर्माण कार्य गरिरहेका निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ भवन अन्तिम चरणमा पुग्न लागेको बताए । उनले भवनसँगै अन्य निर्माण कार्यमा पनि ध्यान दिन आग्रह गरे । विमानस्थल अनुगमनमा पुगेकी मन्त्री झाँक्रीले योजना छनोट प्रक्रिया वडातहबाट नभई केन्द्रबाट हुनेगरेको बताइन् । वडातहबाट छानिने विकासका आयोजनाहरु प्रभावकारी हुने उल्लेख गरिन । केन्द्रबाट छानिने उल्टो विकासको योजना सर्बप्रथम यसको खारेजी हुनुपर्नेमा जोड दिइन् । अहिलेसम्म विकास व्यक्तिको मुखमा खल्तीमा दैडीरहेको विकासको मोडालिटी भएकाले त्यसको अत्य हुनुपर्नेमा जोड दिइन् ।
नागरिकै आबश्यकताका आधारमा विकासका आयोजनाहरु छनोट हुनुपर्ने मन्त्री झाँक्रीको भनाई छ । उनले गुल्मी जिल्लाकै गौरवकै रुपमा रहेको रेसुङ्गा विमानस्थल सुस्त गतिमा काम हुनुले आफनो पनि चासो चिन्तन रहेको बताइन् । आफु पनि यहिँ जिल्ला वासी भएकाले यो जिल्लाको महत्वपूर्ण आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिइन् । यस आयोजनालाई समयमै सम्पन्न आफनो तर्फबाट सक्दो सहयोगको रहिरहने उल्लेख गरिन् । विमानस्थलका धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको छ । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो । तर परिक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका छन् । धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपियामा गरिरहेको छ । टर्मिनल भवनको ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । २०६३ सालमा विमानस्थलको शिलान्यास भएपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो ।
त्यस्तै विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । कुल १५६ रोपनी जग्गामा बिमानस्थलको एरिया छ । विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सदियौंदेखि सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नु पर्ने बाध्यता अन्त्य हुने स्थनीयको अपेक्षा रहेको छ ।कामनादैनिक
