दाङमा १६ सय धरौटी बुझाउन नसकेर कारागार चलान भएका युवक ७ दिन पछि छुटे

दाङ । दाङमा १६ सय धरौटी बुझाउन नसकेर कारागार चलान भएका युवा छुटेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० का रुपेश चौधरी सात दिनको कारागार बसाई पछि साउन ३१ गते कारागारबाट छुटेको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गबाङले जानकारी दिनु भएको छ । चौधरी गएको साउन २५ गते सार्वजनिक शान्ति […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आधा सुरक्षाकर्मी फिर्ता पठाए

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले सुरक्षामा कटौती गरेका छन् । यस्तै उनले स्कटिङमा खट्दै आएका आधा सुरक्षाकर्मी घटाएका छन् । के.सीले सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता पठाएका हुन् । प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सात जनाको प्रहरी टोलीलाई केसीको निर्देशनमा फिर्ता पठाइएको हो । मुख्यमन्त्री कार्यालयका अनुसार यस अघि मुख्यमन्त्री शंकर पोख्रेलले […]

बाँकेको कोहलपुरमा कोभिड रोकथाम नियन्त्रण सम्वन्धी सचेतना अभियान संचालन

बाँके । कोहलपुरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरस सम्वन्धी जनतालाई सचेतना फैलाउने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सिकाउने उद्देयले विभिन्न संघ सस्थाहरुको सहकार्यमा कोहलपुरमा कार्यक्रम गरिएको हो । रेरी बाँके, जेसीज कोहलपुर÷जुनियर,मेचीमहाकाली बुहारी संयुक्त आवाजको आयोजन तथा करितास जर्मन र कारितास नेपालको आर्थिक सहयोग एवं कोहलपुर […]

एमालेले गर्‍यो वरिष्ठ नेता नेपालसहित १४ सांसदलाई कारबाही

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ओली पक्षले कारबाही थालेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको […]

उद्धार गरिएका १ सय,२७ जना नेपाली अफगानिस्तानबाट काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई कतार हुँदै १ सय,२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । त्यस्तै अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका […]

सर्वोच्च अदालतमा कुलमान घिसिङको नियुक्तिको विरुद्ध रिट निवेदन दायर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका लागि सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा प्राधिकरणको निर्देशक पदमा हालै मात्र […]

बाँके जिल्ला ट्राफिक प्रमुख भण्डारी एक्सनमा मोडिफाइ सवारीसाधनहरु धमाधम कार्वाहीमा

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चर्को आवाज निकाल्ने मोटरसाइकल सवारी साधनमाथि धमाधम कारबाही सुरु गरेको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले बताए । बाँके ट्राफिक प्रमुख भण्डारीले कम्पनीको फ्याक्ट्रीबाट […]

प्रजिअ कुरुम्बाङद्वारा राप्ती क्षेत्रको सडकको अवस्था बारेमा स्थलगत अनुगमन

दाङ । राप्ती क्षेत्रको मुख्य सडकको पछिल्लो अवस्थाको बारेमा स्थलगत अनुगमन गरिएको छ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको आग्रहमा प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन प्रमुख सहितको टोलीद्वारा भालुवाङ देखी सिंगे क्षेत्रको सडक बाटोको अवस्थाको अनुगमन गर्नु भएको हो । त्यस्तै महेन्द्र राजमार्ग अन्तरगत भालुवाङ देखी सिंगे क्षेत्रको सडक वर्षा संगै खाल्टा खुल्टी […]

सशस्त्र प्रहरी बल बियोपी जमुनाहले लाखौंको अवैध सामानहरु पक्राउ

बाँके। नेपालगन्ज १५ पिप्रहवाबाट अवैधरुपमा चोरी पैठारी गरि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका सामानहरु लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको छ । सशस्त्र प्रहरी बल बियोपी जमुनाहका सूचना अधिकृत प्रहरी नायव निरीक्षक योगेन्द्र बहादुुर शाही नेतृत्वको टोलीले १ लाख ४२ हजार मूल्य बराबरको सामानहरु पक्राउ गरेको गरेको छ । समानहरु छुर्पी ७० किलो, लेडिज […]

टेङ्नैया गौशालाको भान्सा कोठामा पसेको चितुवाको सकुशल उद्दार

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ को टेङ्नैया स्थित गौशालामा पसेको चितुवालाई उद्दार गरिएको छ । शनिवार बिहान तीन बजेतिर गाईको बाच्छालाई आक्रमण गर्दै गरेको समयमा मन्दिरका पुजारीले होहल्ला गरेपछी भाग्ने क्रममा खाना पकाउने भान्सा कोठामा चितुवा छिरेको थियो । त्यस्तै चारैतिर काँडेतार र पक्की पर्खाल लगाएको कारण झुक्किएर भाग्दा पुजारीले खाना बनाउने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]