Sidha Patra आइतबार, पुष २५, २०७८

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका १ का नागरिकको बिजुली, टेलिफोन, स्वास्थ्य संस्था लगायत आधारभूत सेवा पाउनबाट पनि गाउँका नागरिक बञ्जित भइरहेका छन् ।

स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि सबैभन्दा धेरै रकम सडक निर्माणमा खर्च भएपनि उनीहरूको बस्तीमा सडक पुगेको छैन । आधारभूत विकासको पखाईमा नागरिकहरू कष्टकर जीवन बिताइरहेका छन् । देशकै चर्चित हिमाल, सिस्ने हिमालको फेदिमा रहेको सिस्ने बस्तीमा सडकको पहुँच नपुग्दा एक पोका नुनको मुल्य ६० रुपैयाँ पर्ने स्थानीयवासी मनबहादुर बुढाले बताउनु भयो ।

त्यस्तै ४ सय घर परिवारको बसोबास रहेको गाउँमा सडक मात्रै नभइ विजुली बत्ति पुगेको छैन जसकारण मोबाइल फोन सहित सञ्चार सुविधा समेत उनीहरूको प्रयोगमा छैन । अन्य समयमा जसोतसो चलेपनि गाउँमा कोही बिरामी पर्दा अस्पताल पुग्नको लागि जिल्ला सदरमुकाम तथा गाउँपालिका केन्द्र रुकुमकोटमा दुई दिन पैदल हिडेर पुग्नु पर्ने बाध्यता रहेको स्थानीय जक्तबहादुर बुढाले बताउनु भयो ।

स्थानीय स्तरमा उत्पादन भएको अन्नवालीले वर्षभरी खान पुग्दैन, खाद्यान्नको अभाव झेल्न युवाहरू भारत सहित अन्य मूलुक जाने गरेका छन् । गाउँपालिकाका उपाध्यक्ष गोवद्र्धन बुढाले नेपाल टेलिकमले टावर बनाइरहेकाले केहीसमय पछि सञ्चारको सुविधा पुग्ने र ४५ किलोवाटको विद्यूत आयोजना निर्माणाधिन अवस्थामा रहेको बताउनुभयो । भौगोलिक र पर्यटकीय हिसाबले सुन्दर गाउँका नागरिक विकासको प्रतिक्षामा छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]