बर्दिया प्रहरीले सयौं वर्ष पुरानो बुद्धको मुर्तिसहित ५ जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पुरातत्विक वस्तु सहित ५ जना पक्राउ गरेको छ। भदौ २ गते बर्दियाको गुलरिया ७ विजया गेस्ट हाउसबाट उनीहरू पक्राउ परेका हुन् । केही मानिसहरुले पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहु मुल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेका छन् भन्ने सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी […]

सडक आयोजना र गापाद्वारा स्थलगत अबलोकन लमही-कोइलाबास सडक मर्मत गर्न आग्रह

दाङ । हुलाकी सडक आयोजना कार्यालय नेपालगंजका इन्जीनियर र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव तथा वडा अध्यक्ष सद्दाम सिद्दिकी लगायतको टोलीले बिहीवार लमही–कोइलाबास सडकको स्थललगत अध्ययन अनुगमन गरेको छ । अनुगमनको क्रममा बर्षात्का कारण लमही कोइलाबास सडक ठाउँ–ठाउँमा चर्किएको र पहिरो झरेर नाली भत्किएको तथा पुरिएको पाइएको टोलीले जनाएको हो । सडकको अवस्था नियाले पश्चात् […]

सर्वोच्चमा दलसम्बन्धी अध्यादेशविरुद्ध रिट दर्ता

काठमाडौं । सरकारले दल फुटाउने गरी जारी गरेको दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले अदालतमा अध्यादेशविरुद्ध रिट दायर गरेका हुन् । सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि दुई राजनीतिक दल औपचारिक रूपमा विभाजन भइसकेका छन् । अध्यादेशपछि माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता […]

नेकपा एमालेको क्षेत्रिय भेला लमहीमा सम्पन्न

दाङ । नेकपा एमाले दाङ क्षेत्रनं. १ को क्षेत्रीय भेला बुधवार लमहीमा सम्पन्न भएको छ । देउखुरी क्षेत्रका राप्ती,गढवा, लमही,राजपुर र घोराही नगर तथा गाउँपालिका क्षेत्रबाट बाक्लो उपस्थिति रहेको उक्त भेलाले क्षेत्रनं. १ को संयोजक र सचिवको चयन गरेको पार्टीका क्षेत्रनं. १ का इन्चार्ज नारायण डिसी छम्पालिले जानकारी दिनु भयो । त्यस्तै क्षेत्रिय संयोजकमा शिबराज […]

राप्ती गापाकाे ७ ओटा वडा कार्यालय आफ्नै भवनमा,२ ओटा वडा कार्यालय निर्माणको चरणमा

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ७ वटा वडाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेका छन् । वडा नम्बर ४ र ९ वाहेकका वडाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेका हुन् । अहिले वडा नम्बर १, २, ३, ५, ६ र ७ ले आफ्नै भवनबाट सेवा दिन थालेका छन् । भने वडा नम्बर ४ र ९ […]

फर्किए अफगानिस्तानबाट २ सय,८८ जना नेपाली

काठमाडौं । नेपालबाट रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका दुई सय,८८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २ सय,८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । यहीँ भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न […]

राजनीतिक दलसम्बन्धी राष्ट्रपति भण्डारीद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष […]

नेकपा एमाले फुट्यो,माधव नेपालको नेतृत्वमा एमाले समाजवादी बन्यो

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल […]

वडा प्रहरी नेपालगन्जले चोरीको मोटरसाइकल फेलापारी धनी चौधरीलाई हस्तान्तरण

बाँके । नेपालगन्ज ६ फुलटेक्राका निवासी फन्दु थारुको भे ३ प ७७७१ नम्बरको मोटरसाइकल साउन २६ गते नेपाल बैंक अगाडी पार्किङ गरेको अबस्थामा चोरी भएको थियो । मोटरसाइकल चोरी भएपछि खोजीका लागि थारूले प्रहरीमा उजुरी दिनु भएको थियो । त्यस्तै उजुरी पछि वडा प्रहरी कार्यालय नेपालगन्जले खोजतलास गर्दा नापि कार्यालय नजिकै गएको २९ गते साँझ […]

राजपुरमा सामुदायिक वन समूहका पदाधिकारीको मिलोमतोमा अवैध रुख कटान

दाङ । देउखुरीमा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा काठ कटान गरिएको पाइएको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ मा रहेको मैनिहवा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीहरुलेनै प्रक्रिया पुरा नगरेर काठ कटान गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रक्रिया पुरानै नगरेर कटान गरेको काठ घाटगद्धी गरिएको स्थलमा ४ सय ८३ क्यूफिट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]