सागर थापा आइतबार, पुष २५, २०७८

दाङ । लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक डिआईजि प्रकाश अधिकारी विहान उठ्छन् मर्निङवाकसंगै उनले बिभिन्न ठाउँको अवलोकन छ्ड्के अनुगमन पनि गर्छन् ।

भर्खरै मात्र लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएर आउनु भएका डिआइजी अधिकारी मर्निङवाकबाट फर्किसकेपछि उनी सरसफाई गर्छन् । त्यसपछि मात्र चिया नास्ता खान्छन् । देशको शान्ति सुरक्षा कायम गर्ने भनि देश र जनताको नाममा सपथ खाएका डिआइजी अधिकारीले सधै देशकै शान्ति सुरक्षाको चिन्ता गर्छन् । उनी प्रदेशको जिल्ला भित्रको सुरक्षाको बिषयमा अपडेट निरन्तर हुन्छन् । त्यसपछि प्रदेशको शान्ति सुरक्षा कायम गर्न आफु मातहतका जिल्ला प्रमुखहरुलाई आबश्यक निर्देशन दिन्छन्,भने प्रहरी प्रधान कार्यालय काठमाडौंलाई पनि जानकारी गराउँछन् ।

अवस्था र परिस्थिती अनुसार खाना खाँदै पनि हिड्नु पर्ने अवस्था आउँछ । १० बजे कार्यालयमा पुग्छन् । उनको क्वाटर कार्यालयको करिब दुई किलोमिटर बजारमा छ । कार्यालयमा पुगेर उनले सुरुमा ईमेलहरु चेक गर्छन्, केन्द्रबाट आएका परिपत्रहरु हेर्छन् । केन्द्रबाट आएका परिपत्रहरु आफु मातहत कार्यालयहरुले कार्यान्वायन गरे, नगरेको अनुगमन गर्छन् ।

त्यसपछि प्रहरीसंग केही गुनासो तथा समस्या लिएर गएकाहरुसंग छलफल गर्छन् । त्यसपछि दिउसो नास्ता खान्छन् । उनले कार्यालयमा जस्तो नास्ता उपलब्ध हुन्छ, त्यस्तै खानेगरेका छन्, उनको रोजाईको नास्ता हुनुपर्छ भन्ने छैन् ।

नास्ता खाएपछि उनले आफू मातहतका कर्मचारीहरुसंग छलफल कुराकानी गर्छन्, भने गुनासाहरु समेत सुन्छन् । कार्यालय सञ्चालन सम्बन्धी छलफल गर्छन् । जिल्लाका युनिटको अवस्थाको बारेमा चेकजाँच गर्छन् ।

कहिलेकाहीं त उनलाई अफिसको कामले घरपरिवारलाई सम्झने समय समेत मिल्दैन् । सधै आफनो काममा अडिग रहने डिआइजी अधिकारी करिब ५ बजेतिर कार्यालयबाट आफ्नो क्वाटरमा फर्कन्छन् । क्वाटरमा पुगेर उनले किताब, पत्रपत्रिका पढ्ने, टिभि हेर्ने गर्छन् । समय मिलेसम्म कहिलेकाहीँ डिआइजी अधिकारी अम नागरिक भएर सिबिलमा बजार निस्केर छ्ड्के अनुगमनमा घुम्ने गर्छन् ।

त्यसपछि उनी सामाजिक सञ्जालमा ब्यस्त हुन्छन् । सामाजिक सञ्जालबाटै उनले आफ्नो घरपरिवार, साथीहरुसंग कुराकानी गर्ने गर्छन् । देश र जनताका लागि खटिएकोले घरपरिवारबाट भने त्यस्तो गुनासो आउदैन्, किनकी उनले आफ्नो परिवारसंग आफ्नो कामको बारेमा ‘कन्भिन्स’ गरिसकेका छन् । प्रहरीमा लामो जागिर र अनुभव रहेका डिआइजी अधिकारीलाई काम गर्न पनि त्यति गाह्रो छैन् । प्रहरी प्रधान कार्यालय बिभागले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्ध रहेको डिआइजी अधिकारी बताउँछन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]