Sidha Patra आइतबार, पुष २५, २०७८

दाङ । नेपाल मगर संघको १२ औँ केन्द्रीय महाधिवेशन दाङमा हुने भएको छ । संघको महाधिवेशन आगामी माघ १९ देखि २१ गते तीन दिन सम्म घोराहीमा हुने भएको हो ।

महाधिवेशनलाई सफल बनाउनका विभिन्न उपसमिति पनि गठन गरिएको छ । जसका लागि आर्थिक संयोजकमा दरजित रोकामगर, खाना, नास्ता व्यवस्थापन संयोजकमा सितलाल पुनमगर, उद्घाटन तथा मञ्च व्यवस्थापन संयोजकमा खलुप्रसाद पुन मगरलाई चयन गरिएको छ ।

यसैगरी संचार संयोजकमा प्रेमविवश घर्ती मगर, साँस्कृतिक संयोजकमा मुक्त बुढामगर, स्वास्थ्य समिति संयोजकमा विष्णु पुन मगर रहनुभएको छ । यसैगरी स्वागत समिति संयोजकमा सावित्रा राणामगरलाई छनौट गरिएको छ ।

संघले महाअधिवेशन जिल्ला समन्वय समिति घोराहीको प्रांगनमा गर्ने भएको हो । महाधिवेशनमा दाङ सहित देशैभर र विदेशबाट पनि प्रतिनिधि घोराहीमा आउने प्रचारप्रसार संयोजक प्रेमविवश घर्तीमगरले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]