दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोलामा ३० सदस्यिय काँग्रेसको टोल समिती गठन गरिएको छ ।
माओबादी केन्द्रको बाहुल्यता भएको यस ठाउँमा काङ्ग्रेस प्रतीको उत्सुक्ताले परिबर्तनको ढोका खोलेको हो । टोल समितिका निम्ति यो उल्लेख्य उपस्थिती र सदस्यता कम त हैन ।
बुधबार करँगामा आयोजित “घरघर जाऔँ, काँग्रेसलाई जिताऔँ” अभियानको अबसरमा टोल समिती गठन गरिएको हो । समितिको सभापतीमा रूपा शर्मा निर्बिरोध निर्बाचित भएकि छिन । त्यस्तै उपसभापती हरुमा धनलाल पुन र रुद्र बहादुर ठकुरी, सचिबहरुमा वीर सिँह रोका र अनिल परियार,सहसचिब हरुमा झुमा कुमारी पुन र गौसरी देबी गुरुङ्ग, कोषाध्यक्षमा कुल बहादुर बिक चयन भएका छन् । ५ जना सल्लाहकार सहित अन्य १७ जना सदस्यहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयले झुक्किएर पनि “रूख” चिन्हभन्दा बाहिर भोट गएमा जनताले फेरि ५ वर्ष दुख पाउने बताए । तसर्थ वास्तविक बोलेर वास्तविक काम गर्ने काँग्रेसलाई जिताएर समृद्धीको बाटो खोल्न सबैलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पाण्डेले सधै झुटको खेती गर्ने कम्युनिस्टहरुको नारा सकिएपछि अब एमसिसीको गलत प्रचार गरिरहेको बताए । उनले देशको लागि अति आबस्यक एमसिसिको बारेमा प्रस्ट पारेका हुन् ।
कार्यक्रममा केन्द्रिय महाधिबेसन प्रतिनिधि जानकिलाल बस्नेतले काङ्ग्रेसको चारतारे झण्डा फहराउन टोल गाउँबाटै सबै लाग्नुपर्ने बताए । देशको समृद्धिका लागि काँग्रेस नभईनहुने बताउँदै उनले कम्युनिस्टको दुईतिहाईले सरकार चलाउन नसक्दा काँग्रेसले जिम्मा लिएको बताए । बिकाशबाट करँगा बासी बञ्चित बनेको स्थानियको जिज्ञासामा उनले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार लगायतकको लागि पहल थालिने प्रतिबद्दता ब्यक्त गरे ।
वडा सभापती आशाराम यादवको सभापतित्व तथा क्षेत्रिय सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्य एबम् केन्द्रीय महाधिबेसन प्रतिनिधि जानकिलाल बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
नेपाली काँग्रेस राजपुर गाउँपालिका सभापती नरेन्द्र सिँह भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश ख का सचिब राम जानकि यादब, जिल्ला प्रतिनिधि रामकुबेर यादब, निबर्तमान जिल्ला सदस्य रामप्रताप यादब, प्रदेश प्रतिनिधि लोकराज केसी, नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ख का सभापती दिनेश गिरी, ३ नम्बर वडाका जिल्ला प्रतिनिधि धरम बहादुर यादब, केन्द्रीय महाधिबेसन प्रतिनिधि धनपती यादब लगायतले बोलेका थिए ।
कार्यक्रमको सहजिकरण क्षेत्र नम्बर १ प्रदेश ख का सचिब लालबिर खड्काले गरेका थिए भने वडाध्यक्ष रामछोरे यादबले धन्यबाद ज्ञापन गरेका थिए ।