Sidha Patra बुधबार, चैत्र ०९, २०७८

सल्यान । सल्यानमा तीन सय ७८ जना जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परिक्षण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकामा स्वास्थ्य कर्मीहरुले जेष्ठ नागरिकहरुलाई घरमै गएर भेटघाट र चेकजाँच गरेका हुन् ।

गाउँपालिकाको नीति अनुसार नै स्वास्थ्यकर्मीहरुलाई जेष्ठ नागरिकको घरदैलोमा खटाइएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनुभयो । ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्बन्धीत वडा तथा घरदैलोमै गएर चेकजाँच र निःशुल्क औषधि वितरणको ब्यवस्था मिलाईएको उहाँले बताउनुभयो । गाउँपालिकाले २१९ जना महिला र १५९ जना पुरुष जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य शाखाका सिअहेव सुवाश हमालले जानकारी दिनुभयो ।

बृद्धबृद्धाको उपचारको लागी सम्बन्धीत वडामा रहेका स्वास्थ्य चौकी तथा सामुदायीक स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी ढंगले परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । हिडेर अस्पताल तथा स्वास्थ्य संस्थासम्म जान नसक्ने जेष्ठ नागरिकहरुले घरमै निःशुल्क रुपमा स्वास्थ्य सेवा पाएपछि उनीहरु हर्षित छन् । जेष्ठ नागरिकप्रति परिवार, समाज सबैको सम्मान बढाउनका लागि गाउँपालिकाले हरेक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान पनि गर्दै आइरहेको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]